alliance khabar

आइतबार, साउन १३, २०८१

सुलीकोट, साउन १३ गते ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ सिङला स्थित रेसेगाउँमा एकै घरका ३ जना सहित पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् । रेसेगाउँमा कृषि फार्म र नजिकै रहेको घरमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका हुन् ।

पहिरोले एक घर र गोठ बगाउँदा धार्चे गाउँपालिका – ५ रेसेगाउँमा बस्ने ३७ वर्षीय जीतबहादुर गुरुङ, जीतबहादुर गुरुङको श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, जीतबहादुर गुरुङको बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ र सोहि ठाउँ बस्ने कामदार ३३ वर्षीय रमेश गुरुङ, बतन नखुलेका सोही फार्ममा ट्याक्टर चालकको रूपमा काम गर्ने २४ वर्षीय रमेश परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा पुरिएर घाइते भएका सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र फार्ममा कामदारको रूपमा काम गर्दै आउनुभएका खमबहादुर गुरुङलाई सामान्य चोटपटक लागेको उहाँले बताउनुभयो ।

प्रहरी चौकी माछी खोलाबाट गएको प्रहरी टोली र लाप्राकबाट गएको प्रहरी टोलीले उद्धार कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल