Alliancekhabar

बुधबार, साउन ०९, २०८१

सल्यान, साउन ९ गते : एक जना महिला र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् ।

बनगाड कुपिण्डे नगरपालिका –१ बुरेलीस्थित माइतीघरमा सुतेकी २३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत असार ३१ गते राति १२ बजेतिर तीन जना व्यक्ति महिलाको माइतीघरमा जबर्जस्ती प्रवेश गरेर महिलालाई घिसार्दै घरबाहिर बार्दलीमा ल्याएर जबरजस्ती करणाी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जबरजस्ती करणीको आरोपमा बनगाड कुपिण्डे नगरपालिका –१ देवस्थल बस्ने वर्ष २१ को वसन्त बुढा र जाजरकोटको जुनीचाँदे ८ घर भई हाल वनगाड कुपिण्डे नगरपालिकाको देवस्थल बस्ने वर्ष २४ को मानबहादुर रावतलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुले घरभित्र सुतिरहेकी नाबालक छोरासहितका महिलालाई जबर्जस्ती तान्दै घिसार्दै कोठा बाहिर बार्दलीमा ल्याएर संवेदनशील अङ्गमा समात्दै जबरजस्ती उद्योग गरेको र प्रतिवादीमध्येको एक जनाले फेरि महिलालाई बार्दलीबाट घिसार्दै ३० फिट टाढा शौचालय नजिकै लगेर बलात्कार गरेका थिए ।

जबर्जस्ती करणी गरेर फरार रहेका उनीहरुलाई पीडित महिलाले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउपुर्जी लिएर प्रहरीले खोजतलास गर्ने क्रममा सल्लीबजार नजिकबाट पक्राउ गरिएको हो ।  एकजना फरार प्रतिवादीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच घरमा टेलिभिजन हेर्न आएकी पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका –१ बस्ने ३८ वर्षीय ताराबहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय सल्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल