Alliancekhabar

आइतबार, साउन ०६, २०८१

धुलिखेल (काभ्रे),  साउन ६ गते :जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल र्‍यालीको आयोजना गरिएको छ ।

‘पनौती बाईक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको ¥याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनःपनौती पुगेर समापन भएको थियो ।

धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर र्‍याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न  र्‍याली आयोजना गरिएको बताउनुभयो ।

जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र्यालीबाट सहयोग पुग्ने पनौती नगरपालिका– ५ का वडा अध्यक्ष विनोद खत्रीले बताउनुभयो ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्यालीको शनिबार शुभारम्भ गर्नुभएको हो । र्‍यालीमा दुई सय जना सहभागी थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल