Alliancekhabar

शनिबार, साउन ०५, २०८१

ताप्लेजुङ, साउन ५ गते : ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १–०२–००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका–३ लिबाङका ३१ वर्षीय कुमार शेर्पा, फुङ्लिङ नगरपालिका–२ का २७ वर्षीय अर्जुन वाइबा र मेरिङ्देन गाउँपालिका–३ खाम्लुङका ३६ वर्षीय फुर्वाछिरिङ शेर्पा रहेका छन् । सदरमुकाम फुङ्लिङस्थित रिजाल लाइनमा पार्किङ गरी राखेको ठाउँमा बिहीबार राति उक्त समूहले एम्बुलेन्स तोडफोड गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार तोडफोडबाट एम्बुलेन्सको झ्यालको सिसा फुटेको छ भने अन्य भागमासमेत सामान्य क्षति पुगेको छ । सो समूहले एम्बुलेन्सका चालक विनोद लिम्बूलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेका थिए ।

एम्बुलेन्स तोडफोड र चालकलाई अभद्र व्यवहार गरी फरार भएका तीनै जनालाई शुक्रवार पक्राउ गरिएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनामाथि शुक्रवार नै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

यता फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जिल्ला प्रहरी कार्यालयसमक्ष एम्बुलेन्स तोडफोडमा संलग्न वा दोषीलाई छानबिन गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल