alliance khabar

बुधबार, साउन ०२, २०८१

लेखनाथ, साउन २ गते।

गण्डकी सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले यसै वर्षबाट कृत्रिम बौद्धिकता (एआई)को अध्यापन सुरु गर्ने भएको छ। आधुनिक युगमा प्रविधिमैत्री उच्च शिक्षा प्रदान गर्ने एआई अध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले बुधबार मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्टलिजेन्स कार्यक्रम सार्वजनिक गरेको हो। सेप्टेम्बर महिनाबाट एमआइटी एआइको कक्षा सुरु हुने विश्वविद्यालयका डिन कपिल अधिकारीले बताउनुभयो। नेपालको अर्थतन्त्रको सुधारमा एआईको भूमिका महत्वपूर्ण बन्ने उहाँको भनाइ छ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई आग्रह गर्नुभयो। “प्रविधिमैत्री शिक्षा आजको आवश्यक्ता हो। बजारले खोजेको जस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड गरौँ,’ उहाँले भन्नुभयो।

विश्वविद्यालयले पोखरा ३२ मा आफ्नै संरचना खडा गरी आइटी र फार्मेसी पढाइरहेको छ। विश्वविद्यालयले आविस्कार केन्द्रसमेत खोलेको छ। कुलपति गणेशमान गुरुङले आइटी पार्कलाई समेत अगाडि बढाउने योजना सुनाउनुभयो। विश्वविद्यालयलाई दिने अनुदानमा उदार हुन उहाँले प्रदेश सरकारलाई आग्रह गर्नुभयो।

मास्टर अफ इन्फरर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्टलिजेन्समा चार सेमेस्टेर अर्थात् दुई वर्षमा यसको पढाइ हुनेछ। विज्ञान प्रविधिमा स्नातक उत्तीर्णहरुले यो विषय पढ्न पाउने छन्। एक सेमेस्टर २० विद्यार्थी प्रवेश परीक्षामार्फत् छनोट गरिनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल