Alliancekhabar

सोमबार, आषाढ ३१, २०८१

नेपालगन्ज, असार ३१ गते : राप्ती नदी तथा अन्य खोलामा आएको बाढीले विद्युत्का पोल र तार ढालेपछि बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दर्जन गाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । मर्मतसम्भारपछि केही गाउँमा विद्युत् सेवा नियमित भए पनि धेरै ठाउँमा सेवा नियमित हुन नसकेको जानकारी प्राप्त भएको छ । पानी घटेपछि मर्मतको काम सुरु गरिएकाले खोकरी, बक्सहवा, बसेरी र दुबेरी गाउँको विद्युत् सेवा नियमित भएको नेपाल कुसुम ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले जनाएको छ ।

विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर केसीले अझै पनि मर्मतको काम बाँकी रहेकाले सुनखरे र चुनाहा गाउँको विद्युत् सेवा नियमित हुन नसकेको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बाढी र वर्षाले पोल तथा तारमा क्षति भएपछि धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले मर्मतसम्भारका लागि पटक पटक सम्बन्धित कार्यालयलाई आग्रह गरेपछि मर्मत कार्य सुरु गरिए पनि अझै धेरै ठाउँमा विद्युत् अनियमित नै रहेको बताउनुभयो ।

राप्तीसोनारी र नरैनापुरका विभिन्न स्थानमा पनि पोल र तारमा क्षति पु-याएपछि सो क्षेत्रका दर्जनभन्दा बढी गाउँको विद्युत् सेवा अवरुद्ध भएको थियो । राप्तीसोनारी–१ का स्थानीय बासिन्दा कृष्ण चौधरीले विद्युत् नहुँदा सो क्षेत्रको जनजीवन प्रभावित भएको बताउनुभयो ।

सो सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानियापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न छ स्थानबाट विद्युत् सेवा विस्तार गरेको छ ।

उक्त समस्याको दीर्घकालीन समाधान गरिदिन स्थानीय बासिन्दाले सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिसँग माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल