Alliancekhabar

सोमबार, आषाढ ३१, २०८१

काठमाडौँ, असार ३१ गते : चालुु आर्थिक वर्षको ११ महिनामा निर्यातभन्दा दोब्बर बढी रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठसम्म मुलुकबाट एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपियाँ बराबरको वस्तुु निर्यात हुुुँदा दुुई खर्ब ७३ अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

कुुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १८ प्रतिशत रहेको छ । ११ महिनामा आयातनिर्यात दुवैमा गिरावट आएको छ । मुुलुकमा उत्पादन नहुुने पेट्रोलियम पदार्थ छिमेकी मुलुुुकबाट आयात हुने गर्छ ।

चालुु आवको ११ महिनामा दुई खर्ब ७३ अर्ब ४३ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षको सोही अवधिको तुुलनामा आठ अर्ब रुपियाँले इन्धन आयातमा कमी आएको छ ।

बजारमा पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा समेत कमी आएको हो । गत आवको ११ महिनामा दुुई खर्ब ८१ अर्ब ८८ करोड ५७ लाख रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । इन्धनको आयात बढ्दा व्यापार घाटासमेत उच्च हुने गर्छ ।

विभागका अनुसार ११ महिनामा एक खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपियाँको डिजेल आयात भएको छ । कुुल निर्यातकै हाराहारीमा डिजेल आयात भएको छ ।

यस्तै ६२ अर्ब ८७ करोड ७३ लाख ३५ हजार रुपियाँको पेट्रोल आयात भएको छ । १९ अर्ब ४७ करोड ४१ लाख २९ हजार रुपियाँको हवाई इन्धन आयात भएको विभागको तथ्याङ्क छ । यस्तै ५१ अर्ब ७२ करोड ६७ लाख रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । ग्यास र डिजेलको खपत घटे पनि पेट्रोलको खपत भने बढेको नेपाल आयल निगमले जनाएको छ ।

स्थानीय बजारमा डिजेल र ग्यासको खपत घट्दा पेट्रोलियम पदार्थको आयातमा सामान्य कमी भएको विभागको तथ्याङ्क छ । विद्युतीय इन्डक्सनको चुुलोको प्रयोगले गर्दा ग्यासको खपतमा सामान्य कमी आएको छ । यस्तै विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा डिजेलको खपतमा समेत कमी आएको निगमको तथ्याङ्कले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार ११ महिनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य सात प्रतिशतले बढेको छ । गत वर्ष साउनदेखि जेठ महिनासम्ममा अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ७५.७५ अमेरिकी डलर रहेकोमा कच्चा पेट्रोलियमको मूूल्य चालुु आवको ११ महिनामा ७.६ प्रतिशतले बढेर प्रतिब्यारेल ८१.४९ अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा स्वतः पर्ने गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल