Alliancekhabar

शुक्रबार, आषाढ २८, २०८१

पशुपतिनगर (इलाम), असार २८ गते : इलामको सूर्योदय नगरपालिकाको बर्खे अधिवेशन सम्पन्न भएको छ ।  गत वैशाख ७ बाट सुरु भएको १५ औँ अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको छैटौँ बैठकले स्थानीय वनको प्रवर्धन, संरक्षण, व्यवस्थापन तथा उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, नगर सडक यातायात गुरुयोजना पुनरवलोकनसम्बन्धी प्रस्ताव, दिगो विकास लक्ष्यको स्थानीयकरण मार्गचित्र (२०२४–३०) र विपत् उत्थानशील योजना पारित गरेको छ ।

नगर सभाको बर्खे अधिवेशनबाट नीति कार्यव्रयम, आगामी वर्षको वार्षिक बजेट, न्यायिक समितिले उजुरीको कारबाही किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ र सूर्योदय नगरपालिकाको सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ समेत पारित गरेको छ ।

नगर सभाको अधिवेशन अन्त्य गर्दै नगरप्रमुख रणबहादुर राईले नगरको विकासका लागि सबैले पहल र साझेदारी गर्नुपर्ने बताउनुभयो । उहाँले सूर्योदय नगरपालिका अन्य पालिकाका लागि सिकाइको थलो बन्दै गएकाले नमुना नगर बन्ने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीको ध्यानाकर्षण गराउनुभयो ।

यस अधिवेशनले सूर्योदय नगरपालिकाको आगामी वर्षका लागि एक अर्ब ४१ करोड ४६ लाख २७ हजार पाँच सय रुपियाँको वार्षिक बजेट पारित गरेको छ । चालु आवको समाप्तिसँगै सूर्योदय नगरपालिकाले कुल वार्षिक बजेटको ८८.३८ प्रतिशत खर्च गरेको छ । कुल एक अर्ब नौ करोड ५८ लाख ७५ हजार ७८१ वार्षिक बजेटमध्ये  ९६ करोड ८५ लाख ६८ हजार ५९४.२४ खर्च गरेको छ । चालु खर्चका लागि ६९ करोड ८३ लाख ७५ हजार १७० विनियोजन मध्ये ६१ करोड ६० लाख ७८ हजार ९८९.१६ अर्थात ८८.२२ प्रतिशत खर्च भएको छ । त्यस्तै पुँजीगत खर्चका लागि ३९ करोड ७५ लाख ७६४ विनियोजनमध्ये  ३५ करोड २४ लाख ८९ हजार ६०५.०८ अर्थात्  ८८.६८ प्रतिशत खर्च भएको छ । यस वर्षको बजेट गत असार २०८० को १३ औँ अधिवेशनबाट पारित भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल