alliance khabar

बिहिबार, आषाढ २०, २०८१

बैतडी, असार २० गते ।

खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि दुई वटा सामुदायिक वनमा पानी सञ्चित गर्ने प्रजातिका १० हजार बोटबिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालयको वन विकास कार्यक्रम अन्तर्गत सिगास गाउँपालिकाको शेला सामुदायिक वनमा बाँज, काफल, चाँप, बाँस, टिमुर, तेजपत्तालगायका पाँच हजार बोट रोपिएका छन् ।

मेलौली नगरपालिका–९, विशालुरको असुर मौजा सामुदायिक वनले आफ्नै लगानीमा काफलका पाँच हजार बोट रोपेको छ । सिगासको शेला सामुदायिक वनमा डिभिजन वन कार्यालयले वृक्षरोपणका लागि पाँच लाख ८६ हजार रुपियाँ खर्च गरेको वन कार्यालयका निमित्त प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । वन कार्यालयबाट वृक्षरोपणका लागि योजना स्वीकृत भएपछि स्थानीयको अगुवाइमा पाँच हजार बिरुवा रोपिएको शेला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष परमानन्द भट्टले बताउनुभयो ।

मेलौलीमा भने प्रधानमन्त्री रोजगार कार्यक्रम र वडा कार्यालयको तीन लाख रुपियाँमा ओखर, काफललगायत बिरुवा रोपिएको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । खोटे सल्लाका कारण पानीका मुहान सुकेपछि काफल रोपिएको उहाँले बताउनुभयो । पानी सञ्चित गर्ने बिरुवा रोप्न सामुदायिक वनका पदाधिकारी र स्थानीयले वनमा खाडल तयार पारेको सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्टले बताउनुभयो । सल्लाको रुख एकैचोटि विस्थापित गर्न गाह्रो हुने भएकाले हरेक वर्ष नयाँ प्रजातिका पानी सञ्चित गर्ने बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।

सल्लाको वनका कारण तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिका–१ का अधिकांश पानीका मुहान सुकेको पाइएको छ । खोटेसल्लाको रुखले पानी सञ्चित गर्न नसक्ने भएकाले विकल्पका रूपमा अन्य बिरुवा रोपिएको वन कार्यालयले जनाएको छ । यस जिल्लामा तीन प्रकारका सल्लाको प्रजाति रहेको छ । लौठसल्ला, द्वारसल्ला र खोटेसल्ला । यीमध्ये खोटेसल्लाको वन क्षेत्र बढी छ । खोटेसल्लाले पानी सञ्चित गर्न सक्दैन । त्यस कारण अन्य प्रजातिका बिरुवा रोप्नु परेको वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल