Alliancekhabar

बुधबार, आषाढ १९, २०८१

कास्की, असार १९ गते : गण्डकी प्रदेशभर सेवा प्रदान गर्ने गरी ‘ई ड्राइभ नेपाल’ को राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई ड्राइभ गण्डकी नेपाल र ई ड्राइभ नेपालले सहकार्य गर्दै राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको हो ।

गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्ने छ । यात्रुले प्लेस्टोर र एपस्टोरका माध्यमबाट ई ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन ‘बुक’ गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा पोखरामा विद्युतीय कार, मोटरसाइकल, स्कुटर जस्ता सवारीमार्फत सेवा दिइने छ । पोखरामा २५ वटा आफ्नै विद्युतीय सवारी सञ्चालनमा ल्याइने कार्कीले बताउनुभयो । “एक हजारभन्दा बढी मोटरसाइकल र स्कुटरसँगै भाडाका सवारीसाधन कम्पनीसँग आबद्ध भएका छन् । आबद्ध हुन चाहने थप सवारीले एप डाउनलोड गरेर रजिस्ट्रेसन गर्न सक्ने छन्,” उहाँले भन्नुभयो ।

यात्रुको सुरक्षालाई ध्यानमा राखेर ई ड्राइभमा नेभिगेसन प्रणाली प्रयोग गरिएकाले कुन सवारीसाधन कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने अध्यक्ष कार्कीले बताउनुभयो । उहाँका अनुसार दुर्घटनाको जोखिमलाई ध्यान दिएर ई ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको सात लाख रुपियाँ बराबरको बिमा गरिने छ । ७० हजार रुपियाँसम्मको उपचार खर्चको व्यवस्था कम्पनीले गर्ने उल्लेख गरिएको छ । भाडाका सवारीसाधन सरकारले तोकेकै दरमा प्रयोग हुने कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल