Alliancekhabar

शनिबार, आषाढ १५, २०८१

काठमाडौँ : विहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अनुत्तिर्ण सबै परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार यस बारेमा निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । मन्त्रालयका अनुसार दुईभन्दा बढी विषयमा एनजी आएका परीक्षार्थीलाई पनि ग्रेडवृद्धि परीक्षामा बस्न पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ ।

हाल कार्यान्वयनमा रहेको अक्षराङ्क (लेटर ग्रेडिङ) निर्देशिका अनुसार अधिकतम दुई विषयमा अनुत्तिर्ण अर्थात एनजी (नन ग्रेडेड) आएका परीक्षार्थीले मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।

मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रक्रिया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिइसकेको छ ।

साथै,  ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने विद्यार्थीलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता  केशवप्रसाद दाहालले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको थियो । नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी) मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो । यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल