Alliancekhabar

शुक्रबार, आषाढ १४, २०८१

तनहुँ, असार १४ गते :  नेपाली समाजमा जकडिएर रहेको जातीय छुवाछूतले गर्दा तनहुँका दलित समुदायले कर्मकाण्ड र पूजापाठमा पुरोहित नपाउने पीडामा रहेका छन् । ब्राह्मण नआउँदा पूजापाठ, जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेका छन् ।

धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणको अभाव हुन थालेपछि दलित समुदाय आफैँ वैदिक ज्ञान आर्जन गरेर पुरोहित बन्न थालेका छन् ।  वेद, उपनिषत्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्युपर्यन्त आवश्यक भए पनि पुरोहित नपाएपछि समस्या उत्पन्न हुन थालेपछि दलित समुदायले आफैँ वैदिक कर्मकाण्ड तालिम सिक्न थालेका हुन् ।

व्यास नगरपालिकाको आर्थिक सहयोगमा मङ्गलबारदेखि छ दिने तालिम लिन थालेका छन् । व्यास नगरपालिका–८, बर्लाचीका काजी परियारले घरमा पूजा लगाउन बाह्मण पुरोहितलाई भन्न जाँदा आउँछु भनेर पछि नआएको बताउनुभयो । काजीले भन्नुभयो, “बाह्मण पुरोहित आउँछु भनेपछि सत्यनारायणको पूजा तयारी गरेँ तर व्यवहारमा छुवाछूत नहटेकाले उहाँ आउनुभएन ।” तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कुनै पनि किसिमका छुवाछूत भेदभाव हुन हुँदैन भन्ने मान्यता रहे पनि व्यवहारमा अहिले पनि समस्या भएकाले यसको अन्त्यका लागि पहलकदमी गरिरहेको बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रममा नगरप्रमुखको अध्यक्षतामा व्यास नगर दलित समन्वय समितिमार्फत जातीय भेदभावमुक्त नगर बनाउन लागि परेको उहाँले बताउनुभयो ।

व्यास नगरपालिका कार्यपालिकाको सदस्य चन्द्रमाया परियार, दलित जागरण तथा सशक्त समिति व्यास नगरपालिकाका संयोजक कृष्ण रुचाल, पण्डित विजयराज भट्टराई, नेपाल दलित पत्रकार सङ्घ तनहुँका अध्यक्ष सानेबहादुर नेपाली, व्यास नगरपालिकाको वडा सदस्य राधा विक, दलित पुरोहित अर्जुन सुनारलगायतले व्यवहारमा छुवाछूत अन्त्य नभएको दलित समुदाय अझै अपहेलित भएर बस्न बाध्य भएकाले जनचेतनाका कार्यक्रमलाई व्यापकता दिन जरुरी रहेकोमा जोड दिनुभयो । सगुन मल्टी मिडिया प्रालि दमौलीले गरेको तालिममा २० जना सहभागी छन् । तालिममा सहभागीले तालिम छोटो भएकाले आगामी दिनमा लामो राखेर धेरै ज्ञान दिने वातावरण बनाउनुपर्ने माग राखेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल