alliance khabar

बिहिबार, आषाढ १३, २०८१

काठमाडौँ, असार १३ गते ।
संसदको सहकारी छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने तत्कालीन समयमा मालिक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको विवरण माग गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको बैठकले समितिले गोर्खा मिडियाको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताएका छन् ।

समितिले लामिछाने जोडिएको गोर्खा मिडियासहित ९ वटा सहकारीका कागजात माग गरेको छ । समितिले गोर्खा मिडियाको कागजपत्र माग गरेपछि गृहमन्त्री लामिछानेलाई सबैभन्दा धेरै तनाब भएको छ ।

समितिले सहकारी क्षेत्रका जानकार पूर्व मन्त्री दीपकप्रकाश बाँस्कोटा र एमालेका नेता केशवप्रसाद बडालसँग परामर्श गरेको छ ।

संसदीय समितिले समस्याग्रस्त २९ सहकारी संस्थाहरूको छानबिन गरिरहेको छ । सहकारी बोर्ड, सहकारी विभाग, कानून मन्त्रालय, सहकारीमन्त्री, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)सँग पनि छलफल गर्नेछ ।

अनुसूची २ मा रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आइडियल यमुना बहुउद्देश्यीय संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूको कागजात झिकाउने निर्णय भएको छ ।

जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिले आफ्नो कामलाई अगाडि बढाउदै कागजपत्र माग गरेपछि रास्वपाभित्र खैलाबैला भएको चर्चा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल