काठमाडौँ, असार १३ गते ।
बैकिङकसुरका मुद्दाका फरार प्रतिवादी ३६ वर्षीय अनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साको वीरगंज महानगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
फरार रहेका गुप्तालाई प्रहरीले काठमाडौंको बल्खुबाट पक्राउ गरेको जनाएको छ । गुप्तालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।