Alliancekhabar

बिहिबार, आषाढ १३, २०८१

खजुरा, असार १३ गते : जिल्ला प्रहरी कार्यालय बाँकेले प्राचीन बुद्धको मूर्तिसहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ ।

बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नं. ८ ढकेरी शम्सेरगन्जस्थित सडक खण्डबाट मङ्गलबार दिउँसो बुद्धको मूर्तिसहित उक्त कार्यमा संलग्न तिलोत्तमा नगरपालिका वडा नं. ११ रुपन्देहीका ५० वर्षीय खिमबहादुर कुवर, सोही ठेगानाका ५० वर्षीय रामु न्यौपाने र घोराही उपमहानगरपालिका वडा नं. १५ का दाङका ५८ वर्षीय निमबहादुर कुवरलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बुद्धको मूर्तिसहित उक्त कार्यमा संलग्न तीन जनालाई मङ्गलबार पक्राउ गरी बुधवार अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले खिमबहादुर कुवरले पछाडि बोकेको खैरो रङको झोला खोली हेर्दा ओम नमः शिवाया: लेखिएको तुल (रुमाल)मा बेरी लुकाई राखिएको अवस्थामा पिँधको गोलाई १ फिट ६ इन्च, पिँध देखि शिरको टुप्पो सम्मको उचाइ ९ इन्च रहेको ८ किलो ६८० ग्राम तौल भएको पहेँलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने पहेँलो रङको धातुको बुद्धको मूर्ति बरामद गरिएको बताउनुभयो ।

उनीहरूको साथबाट ८ इन्च लम्बाई भएको कटर एक थान, ८ इन्च लम्बाई भएको पिलास एक थान, ८ इन्च लम्बाई भएको फलामको रेति एक थान र खिमबहादुर कुवरको साथमा रहेको भारतीय सिम कार्ड एक थानसमेत बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्ति र बरामद गरिएको प्राचीन बुद्धको मूर्तिका बारेमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल