alliance khabar

मंगलबार, आषाढ ११, २०८१

इलाम, असार १० गते ।

शिक्षा मन्त्रालयको निर्देशनअनुसार इलाममा एक हजार एकसय शिक्षकले आफूहरू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको भन्दै जिल्लास्थित शिक्षा विकास तथा समन्वय शाखामा निवेदन बुझाएका छन् ।

मन्त्रालयको निर्देशनअनुसार सामुदायिक विद्यालयको शिक्षक पदमा कार्यरत रही कुनै पनि दलको सदस्यता रहेका, कार्यकारिणी समितिमा रहेका महाधिवेशन प्रतिनिधि रहेका शिक्षकलाई कानुन बमोजिम कारबाही गर्न सूचना गरेको थियो ।

सूचनाअनुसार शिक्षकहरूले कुनै पनि दल र दलको पद त्याग गरेको निवेदन दर्ता गराएको इलामस्थित शिक्षा विकास तथा समन्वय प्रमुख डम्बरबहादुर सुवेदीले बताउनुभयो । कार्यालयका अनुसार जिल्लामा दुई हजार दुईसय ८२ शिक्षक दरबन्दी रहेकामा दुई हजार दुईसय ५२ कार्यरत छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल