alliance khabar

शनिबार, आषाढ ०८, २०८१

दमक, असार ८ गते ।

झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि तिनका परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् ।

१३ वर्षीया जेनिसा श्रेष्ठ १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकीयासन बुधवारदेखि बेपत्ता भएका भएको किशोरीहरूका परिवारले जानकारी दिएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनु भएको छ । ३ जना एकैसाथ किशोरी हराउनु र ४ दिनसम्म फेला नपर्नु ठुलो चिन्ताको विषय बनेको छ, राईले भन्नुभयो ।

एकसाथ समूहमै किशोरीहरू बेपत्ता भएको जनाइएको छ । बेपत्ता किशोरीहरूको परिवार र गाउँ नै चिन्तित बनेर चारैतर्फ खोजी गरिरहेको भए पनि केही पत्ता नपाएपछि पालिका र प्रशासनको शरणमा पुगेको बताइन्छ ।

आफ्ना छोरीहरू बेपत्ता भएको घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा अभिभावकले लिखित हुलिया सहितको निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको र खोजीका लागि विशेष टोली नै परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राईका अनुसार गाउँपालिकाले इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापासँग भेटेर र प्रमुख जिल्ला अधिकारी, जिल्ल प्रहरी कार्यालय झापाका प्रमुख लगायतका सुरक्षा निकायका प्रमुखसँग फोनमार्फत किशोरीको खोजीका लागि पहल गर्न अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल