Alliancekhabar

बिहिबार, आषाढ ०६, २०८१

नेपालगन्ज, असार ६ गते : पश्चिम नेपालको सुविधासम्पन्न सहरका रूपमा परिचित नेपालगन्ज पछिल्लो समयमा स्वास्थ्य उपचारको केन्द्र (हब) का रूपमा विकसित हुँदै गएको छ । नेपालगन्जमा सरकारी र गैरसरकारी दुवै पक्षबाट अत्याधुनिक सेवा सुविधासहितका नयाँ नयाँ अस्पताल खुल्दै गएपछि यो सहर पश्चिम नेपालको स्वास्थ्य हब बनेको हो ।

नेपालगन्ज मेडिकल कलेज, भेरी, वेस्टर्न, आइसिआरसी, सिद्धार्थ अस्पताल, नेपालगन्ज न्युरो केयर सेन्टर, सुपर पोलिक्लिनिक, सिटी हस्पिटल, कान्ति आरोग्यलगायतका दर्जन जति राम्रा अस्पताल र करिब तीन दर्जन जति उत्कृष्ट क्लिनिक सञ्चालन छन् ।

वरिष्ठ फिजिसियन डा. प्रकाश नागले पश्चिम नेपालको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश बिरामी उपचारका लागि नेपालगन्ज आउने गरेको उल्लेख गर्दै पश्चिम नेपालको स्वास्थ्य हब बनेको बताउनुभयो । उहाँले नेपालगन्जमा राम्रो स्वास्थ्य उपचार हुन थालेको जनाउँदै पश्चिम नेपालका बिरामीले उपचारका लागि भारतको लखनउ र नेपालको सङ्घीय राजधानी काठमाडौँ जानुपर्ने बाध्यता हट्दै गएको बताउनुभयो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले विभिन्न विशेषज्ञ सेवासहित सञ्चालनमा रहेका सरकारी र निजी अस्पतालमै बिरामीले राम्रो उपचार पाउन थालेकाले यहाँ बिरामी आउने क्रम पनि अत्यधिक बढेको बताउनुभयो । उहाँले पश्चिम नेपालको ‘रेफरल सेन्टर’ का रूपमा रहेको नेपालगन्जमा अहिले सबै रोगको उपचार र जाँचसमेत हुन थालेकाले उपचारका लागि बाहिर जाने घटेको बताउनुभयो ।

नेपालगन्जमा गुणस्तरीय र विशेषज्ञसहितको सेवा दिने गरी स्वास्थ्य संस्था खुल्ने क्रम पनि बढेको छ । हेल्थ केयर क्लिनिकका सञ्चालक दीपनारायण श्रेष्ठले बाँकेमा उपलब्ध विशेषज्ञ चिकित्सकबाट सेवा दिनुका साथै काठमाडौँबाट विशेषज्ञ चिकित्सकलाई नेपालगन्जमै बोलाएर गुणस्तरीय सेवा प्रदान गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल