Alliancekhabar

शुक्रबार, जेठ ३२, २०८१

सुलीकोट, जेठ ३२ गते : गोरखा नगरपालिका – ९ मा रहेको महालक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई कपाल काट्ने तालिम दिइएको छ ।  विद्यालयले आर्थिक अवस्था कमजोर साथै व्यावहारिक ज्ञान सिक्न इच्छुक भएका विद्यार्थीलाई व्यावहारिक ज्ञान सीप मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालयले कपाल काट्ने तालिम दिएकाे हो ।

जिल्लाकै सबैभन्दा उत्कृष्ट सामुदायिक विद्यालय महालक्ष्मी माध्यमिक विद्यालयले कक्षा ७ र ९ मा अध्ययनरत इच्छुक ८ जना छात्रलाई जेठ १५ गते देखि जेठ ३० गतेसम्म निःशुल्क कपाल काट्ने तालिममा सहभागी गराएको थियो ।

विद्यार्थीलाई किताबी ज्ञानले मात्र नभई व्यावहारिक ज्ञान पनि आवश्यक पर्ने भएकाले विद्यालयले व्यावहारिक, जीवनाेपयाेगी प्राविधिक ज्ञान सीप आवश्यक भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यार्थीलाई तालिम दिइएको सहायक प्रधानाध्यापक टेकबहादुर उपरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सिकेका सीपलाई भविष्यमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जनमा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । सैद्धान्तिक शिक्षाभन्दा पनि व्यावहारिक ज्ञानले आम्दानीलगायत वैदेशिक रोजगारीमा जाँदा पनि आफ्नो सीप अनुसार काम पाउने भएकाले विद्यालयमा व्यावहारिक शिक्षा दिन थालिएको हो ।

अहिले यस विद्यालयमा भएका १३ सय विद्यार्थीको कपाल काट्न १ सय ५० का दरले तिर्नुपरेको छ । आफ्नै विद्यालयमा सीप सिकेर फुर्सदको समयमा विद्यार्थीहरुले कपाल काटेर राम्राे आम्दानी गर्न सक्ने भएका छन् । बाहिर गएर १५० रुपियाँ तिर्नुभन्दा विद्यालयमा रु. ५० तिरेर काट्नु सस्तो पर्ने भएकाले पनि विद्यार्थीलाई व्यावहारिक सीप सिकाइएको हो ।

विद्यालयले कपाल काट्ने प्रशिक्षक गोरखा नगरपालिका – ४ का निश्चल रोकाले १५ दिनसम्म विद्यार्थीलाई कपाल काट्ने तालिम दिनुभएको थियो । आफैं सीप सिकेर कपाल काट्न सिकेपछि विद्यालयका विद्यार्थीहरुको जम्मा ५० रुपियाँमा कपाल काट्ने र ४० रुपियाँ कपाल काट्ने विद्यार्थीलाई र १० रुपियाँ बचत कोषमा जम्मा गरिने पनि विद्यालयले जनाएको छ ।

अहिले कक्षा ७ र ९ का ८ जना विद्यार्थी कपाल काट्न सक्षम भएकाले असार १ गतेबाट विद्यार्थीहरुको आवश्यकता अनुसार कपाल काट्न सुरु गरिने भएको छ । जम्मा ५० रुपियाँमा विद्यालयमा नै कपाल काट्न पाउने भएपछि विद्यार्थी पनि खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल