Alliancekhabar

मंगलबार, जेठ २२, २०८१

लेखनाथ, जेठ २२ गते :   पोखरा महानगरले रैथाने प्रजाति, स्थानीयको रोजाइ र सदाबहार प्रजातिका सवा दुई लाख बिरुवा रोप्ने भएको छ । पोखरालाई स्वच्छ सहर: हरित सहरको रूपमा विकास गर्न ठुलो मात्रामा बिरुवा रोप्न लागिएको हो ।

वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीतिसहितको अध्ययन प्रतिवेदन सोमबार महानगरपालिकालाई बुझाइएको छ । प्रतिवेदन तयारी कार्यदलका संयोजक वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका उपप्राध्यापक डा. शेषकान्त भण्डारीले प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई बुझाउनुभएको हो । महानगरमा दुई लाख २६ हजार दुइ सय ६१ बिरुवा लगाइनेछ ।

प्रतिवेदनमा पोखराको सय किलोमिटर सडक तथा राजमार्ग, ६९ किमी नदी तथा खोला किनार र २९ सार्वजनिक स्थलका एक सय २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने उल्लेख छ । यी क्षेत्रमा वर, पीपल, समी पैयूँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोक, कल्की लगायतका फूल रोपिनेछ ।

गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धूपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत बिरुवासमेत खाली क्षेत्रमा लगाइनेछ ।

कार्यदलका संयोजक डा. भण्डारीले वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, उपकरणको अभाव लगायतका चुनौती रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

पोखराका खाली तथा खुला स्थानमा वृक्षारोपण गर्नुपर्ने भएकाले सम्भावित स्थानहरूको पहिचान गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । वृक्षरोपणले पोखरालाई स्वच्छ सहर: हरित सहरको रूपमा विकास गर्न मेरुदण्डको काम गर्ने उहाँको अपेक्षा छ । प्रतिवेदनमा बिरुवा रोप्ने खाडल र बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, मल्चिङ, अभिलेखीकरण, ट्रिगार्ड आदिबारे समेत उल्लेख गरिएको छ ।

सहरी वनलाई सबल बनाउन जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना, क्षतिपूर्तिलगायतका व्यवस्था गर्न प्रतिवेदनले सुझाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल