Alliancekhabar

सोमबार, जेठ २१, २०८१

चरीकोट जेठ २१ गते :   जिल्लाको तामाकोसी गाउँपालिकामा स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि आयोजना गरिएको शिविरमा १७२ जना महिला लाभान्वित भएका छन् ।

महिलामा स्तन र पाठेघरसम्बन्धी समस्याहरू बढ्दै गएको अवस्थामा गाउँपालिकाले क्यान्सरको पहिचानका लागि शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

पाठेघरको मुखमा हुने क्यान्सर जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्योपचार गरिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनुभयो ।

“भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मिश्रले भन्नुभयो, “हामीले औषधी राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ । पाठेघरको अवस्था पत्ता लागेपछि सोही अनुसार उपचार गर्न सकिन्छ ।” यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ मालु र वडा नम्बर ७ हावाको स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान गर्नका लागि फरक फरक मितिमा शिविरको आयोजना गरेको थियो ।

शिविरमा परीक्षण गरिएका महिलामध्येका १० जनामा भीआइए पोजेटिभ, ८ जनामा आङ खस्ने समस्या देखिएको थियो । कतिपय महिलाको पाठेघरको मुखमा घाउ भएको, पाठेघरको मुखमा मासु पलाएको लगायत विभिन्न खालका सङ्क्रमण देखिएको थियो ।

गाउँपालिकाको लक्षित कार्यक्रमअन्तर्गत रहेर यो कार्यक्रम सञ्चालन गरेको थियो । पाठेघरको मुख र स्तनमा भएको वा हुन लागेको क्यान्सरको बारेमा समयमा नै शङ्कासमेत नपाउँदा सङ्क्रमणले च्याप्दै लगेका उदाहरण धेरै देखिएका छन् ।

महिलामा पाठेघरको मुख, स्तनको क्यान्सर लगायतका सङ्क्रमणहरू बढ्दै जाँदा जोखिम पनि बढ्दै गएकोले समयमै थाहा पाएर उपचारका लागि प्रक्रिया सुरु गर्नका शिविरहरूको आयोजना गरिएको हो ।

अहिले गर्ने परीक्षणले महिलामा क्यान्सरको सङ्क्रमणको पूरै यकिन नगर्ने भए पनि सम्भावना र शङ्काको बारेमा स्पष्ट पार्ने भएकाले यो आधारभूत अवस्थाको परीक्षण रहेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक अभावका कारण राजधानी काठमाडौँलगायतका स्थानमा गएर स्वास्थ्य सेवा लिन नसक्ने महिलाहरुको समस्यालाई दृष्टिगत गर्दै गाउँमै स्वास्थ्य शिविरको आयोजना गरिएको तामाकोसी गाउँपालिका ४ मालुका वडा अध्यक्ष नारायण खड्का (सुरज) ले बताउनुभयो । वडाले स्वास्थ्य सेवालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने वडाको योजना रहेको उहाँको भनाइ छ ।

धुलिखेल अस्पताल र तामाकोसी अस्पतालका स्वास्थ्यकर्मीले महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल