Alliancekhabar

सोमबार, जेठ २१, २०८१

प्युठान, जेठ २१ गते :  तीन दिनदेखि प्युठानमा विद्युत अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ । लमहीबाट झिम्रुक पावर हाउस आउने १३२ केभी को लाइन दाङको अर्जुनखोलाबाट उत्तर तर्फको भित्री घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाइनको एउटा फेज तार जेठ १९ गते राति आएको हावाहुरीका कारण तार चुडिएरपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल १३२ केभी को टावरको तार भएको र सो स्थान भौगोलिक रुपमा निकै कठिन रहेकाले मर्मत कार्य गर्न कठिन भएको जानकारी दिनुभयो । जसका कारण विद्युत सुचारु गर्न अझै केही समय लाग्ने विद्युत वितरण शाखा प्युठानले जनाएको छ ।

झिम्रुक जलविद्युत केन्द्र र प्युठान वितरण केन्द्रको सयुक्त टोली उक्त लाइन मर्मत कार्यमा खटिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

विद्युत नहुँदा प्युठान जिल्लाभर सूचना, सञ्चारबाट प्रभावित भएको छ । वैकल्पिक उर्जाका रुपमा प्रयोग गरिने सरकारी तथा गैरसरकारी कार्यलयका इन्भटरहरु समेत बन्द हुँदा कामकाज ठप्प भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल