Alliancekhabar

शनिबार, जेठ १९, २०८१

हुम्ला, जेठ १९ गते :  हिल्सा सिमकोट सडकखण्डमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । च्याछरामा सडकको स्तरोन्नती कार्य पूरा भएपछि व्यावसायीक रुपमा बस सेवा सञ्चालनमा आएको हो ।

सिमकोट गाउँपालिका–६ का राज रावतले पहिलो पटक सिमकोटबाट हिल्सासम्म सार्वजनिक बस सेवा सुचारु भएको बताउनुभयो । उहाँले आफुले पनि पहिलो पटक सिमकोटबाट हिल्सासम्म बसमा यात्रा गरेको बताउनुहुँदै सात घण्टामा हिल्सा पुगेको जानकारी दिनुभयो ।

उहाँले सिमकोटबाट हिल्सा बस सेवा सञ्चालनमा आएसँगै यात्रुहरुलाई भाडा पनि सस्तो परेको बताउनुभयो । यसअघि यात्रुहरुले सिमकोटबाट हिल्सासम्म यात्रा गर्न बोलेरो जीपमा सात हजार रुपियाँ भाडा तिर्नु पर्ने वा ३५ हजारमा रिजर्भ गर्नुपर्ने अवस्था रहेको थियो ।

हिल्सा यातायात प्रालिका सञ्चालन गोर्खबहादुर लामाले औपचारिक रुपमा सिमकोटबाट हिल्साका लागि सार्वजनिक बस सञ्चालनमा आएको बताउनुभयो । उहाँले यसअघि काठमाडौँबाट केरुङ नाका भएर तिब्बती मार्गबाट हिल्सा पुगेका दुई वटा मिनी बस च्याछरामा सडक राम्रोसँग निर्माण नभएको कारण हिल्सा मै रोकिएका थिए । उहाँले च्याछराको सडकको स्तरोन्नती गर्ने कार्य भएपछि बस सिमकोट आई पुगेको र हिल्साका लागि बसमा व्यावसायीक यात्रा सुरु गरिएको बताउनुभयो ।

हाल एउटा मात्र बस सिमकोट पुगेको छ । सिमकोट हिल्सा ९५ किलो मिटर दूरी रहेको छ । बिहान ८ बजे छुटेको बस हिल्सामा दिउँसो चार बजे पुग्ने गरेको छ । उहाँले एकीन भाडा दर निर्धारण नगरिएको र अब चाँडै सबै खर्च जुटाएर सिमकोट हिल्साको भाडा दर निर्धारण गरिने बताउनुभयो । यी बसहरु गत भदौ अन्तिमतिर हिल्सा आइपुगेका थिए । बस हिल्सा आएसँग रुटपरमिट समेत लिइएको थियो । शुक्रबार बिहान उक्त बसले सिमकोट खार्पुका लागि पनि यात्रा सुरु गरेको छ । सिमकोटबाट खार्पु खण्डका १२ किलोमिटर दूरीमा बसले चालीस मिनेट समय लगाउने गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल