alliance khabar

शुक्रबार, बैशाख ०७, २०८१

काँक्रेविहार (सुर्खेत), ७ वैशाख :

भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।

डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले राससलाई बताउनुभयो । पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो ।

आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उहाँले बताउनुभयो । पुलका निम्ति रु तीन करोड ८१ लाख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत, नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो ।

एक सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल