alliance khabar

आइतबार, बैशाख ०२, २०८१

मङ्गलबारे (इलाम), २ वैशाख:

इलामका दुईजना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् ।
इलामको पर्यटकीयस्थल सूर्योदय नगरपालिकाको श्रीअन्तुमा शनिबार आयोजित कार्यक्रममा पत्रकार विक्रम सुन्दास र रीता राराहाङलाई रु १०–१० हजार राशिको आशिष स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासङ्घ इलामले स्थापना गरेको हो ।

इलामका पत्रकार आशिष राईको स्मृतिमा महासङ्घले उहाँको स्मृति दिवसमा पुरस्कार प्रदान गर्दै आएको छ । रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता राईको २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

पत्रकारद्वय सुन्दास र राराहाङलाई सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, नेपाल पत्रकार महासङ्घका कोसी प्रदेश कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना, नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लव भट्टराइले पुरस्कार प्रदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल