Alliancekhabar

आइतबार, चैत्र ०४, २०८०

लुम्बिनी, ४ चैतः तिलोत्तमा व्यापार सङ्घले आगामी तीन वर्षका लागि कार्ययोजना तयार गरेको छ । उद्योगी–व्यवसायीका समस्या, अधिकारका विषयमा केन्द्रित रहेर कार्ययोजना तयार गरिएको सङ्घका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

कार्ययोजनअनुसार ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नगरपालिको अभियानमा व्यापार सङ्घले सघाउने छ भने सदस्यता विस्तार गरेर तीन हजार सदस्य बनाइने छ । सङ्घमा आबद्ध सदस्यहरूको रु एक लाखबराबरको दुर्घटना बीमा, व्यवसायीमुखी तालिम गराई दक्ष व्यवसायी बनाउन सघाउने,। तिलोत्तमा महोत्सव–२०८१ भव्यरूपमा सम्पन्न गर्ने, छिमेकी समकक्षी सङ्घसंस्थासँग भगिनी सम्बन्ध कायम गर्ने, ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानलाई सार्थक नगरपालिकासँग सहकार्य गरी अगाडि बढाउने, सचिवालय भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि सबै पक्षसँग छलफल एवं संवाद गरी प्राप्त जग्गामा सचिवालय भवन बनाउने विषय समेटिएका छन् ।

विभिन्न अस्पतालसँग सहकार्य गरी उपचारमा छुटको व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थासँग उद्योगी–व्यवसायी सदस्यलाई वित्तीयसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गर्ने, महिला उद्यमीका लागि तालिम गोष्ठी गर्नेलगायतका योजना पनि कार्यशालाले तय गरेको छ । कार्यशालाले बनाएका योजना कार्यान्वयनका लागि जिम्मेवारी बाँडफाँटसमेत गरिएको सङ्घका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

कार्ययोजना निर्माणमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेलले सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा सङ्घका संस्थापक अध्यक्ष जेपी कँडेल, वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बराल, महासचिव चेतनारायण विश्वकर्मा, कार्यक्रम संयोजक ताराप्रसाद नेपाललगायतले कार्ययोजनालाई कार्यान्वयन गरी सङ्घलाई सुदृढ व्यावसायिक संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल