alliance khabar

बुधबार, फाल्गुण ३०, २०८०

काठमाडौँ, ३० फागुन : गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच उक्त सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सहमतिपत्रमा साहको कर्तव्यज्यानसम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुनबमोजिम अदालतमा पेस गर्नेगरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने तथा अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी घटनाको विषयमा अध्ययन गर्ने उल्लेख छ ।

यस्तै अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुनबमोजिम पुनः अभियोजनसमेत गर्ने, आरती साहका परिवारलाई राहतस्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक, सहजीकरण गर्ने तथा साहका परिवारको तर्फबाट भइरहेको आन्दोलनका कार्यक्रमहरू आजका मितिबाट फिर्ता लिने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल