alliance khabar

बिहिबार, फाल्गुण २४, २०८०

अन्नपूर्ण (कास्की), २४ फागुन : पोखरामा यही फागुन १९ गतेदेखि सुरु भएको ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सकिएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा सुरु भएको यो प्रदर्शनी पाँच दिनसम्म सञ्चालन भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका कला, भाषा, साहित्य, संस्कार र संस्कृतिको पक्षमा सकारात्मक रहेको बताउनुभयो । “मैले पदभार ग्रहण गरेको २० महिना भयो । अहिलेसम्म एकजना पनि प्रस्ताव लिएर आउनुभएको छैन्”, उहाँले भन्नुभयो, “प्रस्ताव लिएर आउनुस् मिलेर काम गरौँ ।” महानगरको स्थापना दिवसका अवसरमा पृथ्वीचोकमा कोसेलीघरको शिलान्यास गरिने र यसमा पुस्तकालय र आर्ट ग्यालरी राखिनेसमेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छालीले ‘सामाजिक रुपान्तरण ः ललितकलाको अभियान’ भन्ने नाराका साथ कार्यक्रम गरिएको बताउनुभयो । प्रतिष्ठानको काम व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको कुलपति हर्तम्छालीले बताउनुभयो ।

सोही कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले प्रदर्शनीले कलाको गुणस्तर वृद्धि भएको बताउनुभयो । यसले जीवनसँग जोडिएका कलालाई समयको दस्तावेजका रूपमा राख्न सक्नुपर्नेमा उहाँको जोड थियो । पोखरा महानगरपालिकाले मायाको चिनो र कोसेलीका रूपमा कलाकारको तस्वीर तथा कलाकृति दिन साहित्यकार श्रेष्ठले सुझाव दिनुभयो ।

प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रादेशिक प्रदर्शनीमा सामेल भएकामध्ये ३५ कलाकृति काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीका लागि छनोट भएका छन् ।

राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई रु एक लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई रु ६० हजार नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल