Kishor Dhungel

बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार रोज मोक्तानको नयाँ खान्दोके सेलो गीत ‘मैलिङ्गो काटी खोर बन्छ’ सार्वजनिक भएको छ। रोजकै शब्द, संगीत रहेको गीतको गायनमा उनलाई जितु लोप्चनले साथ दिएकी छिन्। गीतमा आगा लामाको संगीत संयोजन रहेको छ।

गीतमा पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको बिकृतिलाइ समाबेश गर्दै लोकलयमा बोलिने शब्द, संगीत प्रयोग गरिएको गायक मोक्तानले बताए। गीतको भिडियोमा रोज मोत्तान, डोमा ह्योल्मो, प्रेम लोप्चन, बिनोद राई, जितु लोप्चन, सुवास लामा लगायतको अभिनय रहेको छ। राम केसीको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाइ बाबु राजा केसीले निर्देशन गरेका हुन् ।

रामेछापको सुनापति ५ भीरकोटमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन छेत्रमा प्रवेश गरेका थिए। ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टेसुन, सम्धिनी, मौलिकता र तामाङ भाषाको गरि ११ वटा एल्बम निकालिसकेका छन् ।

उनले झमझम स्टकोट…, कलकत्ते काइयो…, झिम्काइ देउ परेली…, हेलम्बुको बजारमा.., हिउँ पर्‍यो फुरुरु…, रातो रातो गाला…, आँखाको रमझम…, यानी माया…,लगायत करिब पाँच सय जति नेपाली र त्यतिकै हाराहारीमा विभिन्न भाषामा गीत गाइसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल