alliance khabar

शनिबार, फाल्गुण १९, २०८०

फुङ्लिङ (ताप्लेजुङ), १९ फागुन : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी बनाउन टेलिभिजन जडान गरिएको छ । बालविकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले टेलिभिजन जडान गरिएको हो ।

केन्द्रमा अध्ययनरत बालबालिकालाई लक्षित गरी टेलिभिजनका माध्यमबाट सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले छ विद्यालयमा टेलिभिजना जडान गरिएको गाउँपालिकाले जनाएको छ । मैवाखोला–१ वडा कार्यालयको योजनाअन्तर्गत बालविकास केन्द्र सञ्चालित वडाभित्रका छ विद्यालयमा ३२ इन्चको एक÷एकवटा टेलिभिजन जडान गरिएको वडाध्यक्ष चन्द्र तामाङले बताउनुभयो ।

बालविकास कक्षा सञ्चालनमा रहेका जनकल्याण माविका सातै सरस्वती, पाटी, मदनभण्डारी, सिंह र साक्फारा आधारभूत विद्यालयमा टेलिभिजन जडान गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

टेलिभिजनका माध्यमबाट बालबालिकाको कक्षामा प्रस्तुति वा प्रदर्शन हुने सिकाइसम्बन्धी श्रव्यदृश्य सामग्री राखिएको ‘पेन्ड्राइभ’ समेत उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ । यसले बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउनाका साथै बालबालिकालाई विद्यालय जान प्रेरित गर्न सहयोग पुग्ने शिक्षा शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल