alliance khabar

शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौँ, १८ फागुन : राष्ट्रिय बाल नाटक मेला– २०८० आजदेखि सुरु हुने भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला आजदेखि यही फागुन २७ गतेसम्म सञ्चालन हुने भएको हो ।

मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिनुभयो । “हामीले देशभर विद्यालयमा खुला आह्वान गरी नाटक माग गरेका हौँ । उपलब्ध नाटकमध्ये उत्कृष्ट ११ नाटक फाइनलका लागि छनोट गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्धारित मितिमा सम्बन्धित विद्यालयबाट मञ्चन गरिने नाटकको स्क्रिप्ट उपलब्ध गराइएको आधारमा अन्तिम प्रदर्शनका लागि छनोट गरिएको हो ।”

मेलामा छनोट भएका कक्षा ८ देखिमाथि विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले गर्ने नाटकको समयावधि बढीमा ३० देखि ३५ मिनेटको रहने भएको छ । जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हुने उक्त मेला निजी तथा आवासीय विद्यालयहरूको सङ्गठन प्याब्सन नेपाल, सांस्कृतिक संस्थानसँगको सहकार्यमा हुनलागेको हो ।

राष्ट्रिय बाल नाटक मेलामा प्रतियोगिताको विजेता नाटकलाई नगद एक लाख, ट्रफी, प्रमाणपत्र दिइने र अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि अवसर प्रदान गर्नुका साथै छनोट भएका उत्कृष्ट प्रतियोगीलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी दिइने आयोजकले जनाएको छ । साथै कार्यक्रमस्थलमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्ने र नेपाल मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल