alliance khabar

आइतबार, फाल्गुण १३, २०८०

काठमाडौँ, १३ फागुन : लायन्स लियो क्लब अफ काठमाडौँ छाब्दीबाराहीले काभ्रेस्थित अरनिको माध्यमिक विद्यालयलाई तीन सय थान पुस्तक उपलब्ध गराएको छ । हाम्रो लाइब्रेरी हामी बनाउँछौँ’ अभियानअन्तर्गत क्लबमा आबद्ध युवाले आफ्नो व्यक्तिगत लगानी र दाताबाट समेत सङ्कलन गरी पुस्तक उपलब्ध गराएका हुन् । क्लबकी अध्यक्ष मन्जिता परियारले विद्यालयलाई सामान्य ज्ञान, प्रेरणादायी व्यक्तिको जीवनी, विज्ञान सम्बन्धित, स्वास्थ्यसम्बन्धी, पाठ्यक्रम, उपन्याससहित सबैखाले पुस्तक उपलब्ध गराएको जानकारी दिनुभयो । आगामी दिनमा थप दुई सय बढी किताब उपलब्ध गराउने क्लबको योजना छ ।

विद्यालयका प्राधानाध्यापक बलराम चौलागाईंले यसअघि विद्यालयमा पुस्तकालय कक्ष भए पनि पुस्तक नभएकाले लाइब्रेरीमा किन जाने भन्ने अवस्था रहेको बताउनुभयो । विभिन्न खाले पुस्तक प्राप्त भएपछि अब विद्यार्थीमात्रै होइन शिक्षकले पनि पुस्तकालयको लाभ लिने छन्, उहाँले भन्नुभयो, “यसले विद्यार्थी भाइबहिनीमा पढ्ने बानीको विकासका साथै ज्ञान पनि बढ्नेछ ।”

‘पढ्ने र सिक्ने युवाको हक हो’ भन्ने मान्यतामा क्लबका युवाले ‘प्रोजेक्ट शिक्षा’ ‘पुस्तकालय स्थापना’ ‘एक व्यक्ति एक पुस्तक’अभियान चलाइरहेका छन् । पुस्तकालय सञ्चालनका लागि विद्यालयका पूर्वशिक्षक अनुप परियारले अभियान चलाइ रहनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल