alliance khabar

बिहिबार, फाल्गुण १०, २०८०

भोजपुर, १० फागुन : भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ । तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरुलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो ।

पछिल्लो समयमा ‘डिप्रेसन’का कारण आत्महत्याको दर बढेकाले तनाव घटाउन र उच्चतम खुसी प्राप्त गर्ने उद्देश्यले तनाव व्यवस्थापन गर्दै मानिसलाई खुुसी र आनन्दको वातावरण निर्माण गर्न कार्यक्रम सञ्चालन गरिएको प्रशिक्षण आयोजक संस्था जीवन विज्ञानले जनाएको छ ।

कर्तव्यपालनका समयमा आउने समस्यालाई कसरी समाधान गरेर आफू खुसी रहने साथै तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको जीवन विज्ञानका प्रशिक्षक देवनाथसिंह बताउनुभयो ।“कर्तव्यपालनाको सिलसिलामा हामीलाई विभिन्न समस्या आउन सक्नछन्,” उहाँले भन्नुभयो, “हामीले त्यसलाई सहज व्यवस्थापन गर्न सक्यौँ भने त्यसले आनन्द प्राप्त हुन्छ ।”

मानव शरीरका पाँच ज्ञानेन्द्रियले पार्ने प्रभाव र त्यसबाट आउने सोचाइ तथा भोगाइलाई कसरी आफैँले विभिन्न क्रियाकलाप गरेर तनावलाई व्यवस्थापन गर्नेलगायत विषयमा जानकारी दिइएको जीवन विज्ञानका प्रशिक्षक टिपी बरालले बताउनुभयो । खुसी विज्ञानअन्तर्गत तनाव व्यवस्थापन र खुसी प्राप्त गर्न सकिने विभिन्न विधिको विषयमा जानकारी दिइएको उहाँले बताउनुभयो ।

जीवन विज्ञानले जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी र नयाँ श्रीनाथ गणका नेपाली सेना तथा निजामित कर्मचारीलाई खुसी विज्ञान तथा तनाव व्यवस्थापनको विषयमा प्रशिक्षण दिइएको हो । नियमित व्यायाम तथा प्रणायमले मानिसलाई स्वस्थ्य राख्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल