alliance khabar

बुधबार, माघ २४, २०८०

बेदकोट (कञ्चनपुर), २४ माघ : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका मुरलीधर जोशीको दैनिकी ज्योतिषी कर्ममै बित्छ । उहाँ सो कर्ममा लागेको दुई दशकभन्दा बढी भइसक्यो । ५९ वर्षीय जोशीले ज्योतिषी कर्म गरिरहेका मात्रै छैनन् , अँठोला परिवारको ३८ पुस्ता लामो विरासतलाई जोगाउनुभएको छ ।

भारतको हरिद्वारबाट पूर्वमध्यमासम्मको अध्ययनपछि आफुले बुबासँग बसेर ज्योतिष विद्या सिकेको उहाँले बताउनुभयो । “हरिद्वारमा संस्कृति पढे । त्यसपछि विद्यालय गइएन । घरमै बुबासँग बसेर ज्योतिष विद्या सिके”, जोशीले भन्नुभयो, “बुबा बितेपछि २५ वर्षअघिदेखि ज्योतिषी कर्ममा लागेको छु ।” उहाँको घरमा व्रतबन्ध, विवाह, गृहप्रवेश, गृहनिर्माण शुभारम्भ आदिको शुभमुहूर्त हेर्न आउनेको भीडभाड नै लाग्ने गरेको छ ।

सीमावर्ती भारतीय क्षेत्र बनबासा, टनकपुर, खटिमा र रुद्रपुरलगायत ठाउँबाट पनि मानिसहरु आउने गरेका छन् । “हाम्रो पुर्खाले पाँच सय वर्षअघिदेखि ज्योतिषी कर्म थाल्नुभयो । यो पेसा अहिलेसम्म पनि निरन्तर छ”, उहाँले भन्नुभयो, “मसम्म आइपुग्दा ज्योतिषी कर्म थालेको ३८औँ पुस्ता हो । यति लामो इतिहास जोगाउनु उपलब्धि र चुनौती दुवै हो ।” उहाँले अँठोला पञ्चाङ्ग समेत प्रकाशित गर्दै आउनुभएको छ । “चार÷पाँच वर्ष बुबाले हातले लेखेरै पञ्चाङ्ग बनाएर बाँड्नुभयो । पछि सुदूरपश्चिमबाट पहिलो पटक पञ्चाङ्ग दर्ता गराएर अनुमति लियौँ”, उहाँले भन्नुभयो, “त्यसपछि निरन्तर पञ्चाङ्ग प्रकाशित गर्दै आएका छौँ ।”

यसलाई निरन्तरता दिन र परिवारको ज्योतिषी विरासतलाई जोगाइराख्न मुरलीधर अहिले आफ्ना छोरा, नातिनातिनालाई पनि ज्योतिषी कर्म सिकाउनुहुन्छ । “ज्योतिषशास्त्र विज्ञान हो । यो भएन भने संसार नै चल्दैन”, उहाँले भन्नुभयो, “आस्था र विश्वासले यसलाई चलाएको छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल