R Pokharel

सोमबार, पुष २३, २०८०

हामी र हाम्रो कृति समूहले समूहकाे दशौं कृति कृतिकार नम्रता उप्रेतीको पहिलो मुक्तकसंग्रह शस्यमञ्जरी लाेकार्पण गरेकाे छ।

हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरिप्रसाद गौतमकाे अध्यक्षता, नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीकाे प्रमुख आतिथ्यमा कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि वरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे, दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा र साहित्य तथा संस्कृत मञ्चकी अध्यक्ष तारा केसीले कृतिकाे संयुक्त रूपमा लाेकार्पण गरेका थिए।

वरिष्ठ समालाेचक प्राडा गोविन्द मानसिंह कार्कीले लोकार्पित कृति शस्यमञ्जरीबारे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले लाेकार्पित कृति पठनीय र संग्रहनीय रहेकाे बताए।

उक्त कार्यक्रममा समूहका तर्फबाट मदन नेपाल र बद्री उप्रेतीले समूहको उद्देश्य र भावी कार्यक्रमबारे प्रकाश पारेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी र साहित्यानुरागीहरूको उपस्थिति रहेको थियाे।

गजलकार तथा हातेमालो साहित्य संगमकी महासचिव विमला दाहालले सञ्चालन गरेकाे कार्यक्रममा सुभद्रा अधिकारीले स्वागत मन्तव्य दिएकी थिइन्। वियोगी बुढाथोकी, युवराज नयाँघरे, शान्ति शर्मा, तारा केसी, सुनिल अधिकारी र रूद्र अधिकारीले शुभकामना मन्तव्य दिएका थिए। उक्त कार्यक्रममा लव खड्का, विष्णु थापा, सुभद्रा अधिकारी, नवराज पोखरेल ’नवशिला’, पूर्णबहादुर श्रेष्ठ, सरिता थापा मगर, दुर्गा किरण तिवारी, मिना चौलागाई, टेकराज भट्ट, जिज्ञासु तिलक पौडेल, उत्तम विचार ‘सर्जक’, रूद्र अधिकारी, गणेशबाबु अधिकारी, नम्रता उप्रेती, उषा केसी, शान्ति शर्मा, निलाञ्जला भारद्वाज, विनोद खत्री आकाश, पुष्पा धमला, भुवन सिवाकोटी चौघरे र मानन्धर अभागीले लोकार्पित कृतिबाट केही मुक्तक वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल