alliance khabar

मंगलबार, कार्तिक १०, २०८३

सुलीकोट (गोरखा), कात्तिक १० गते ।

 बूढीगण्डकी नदीमा आएको बाढीले पदमार्ग र सडकमा क्षति पु–याएपछि सुनसान बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बाढीले क्षति पु–याएका सडक तथा पदमार्ग मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएपछि मनास्लु क्षेत्रको पर्यटन गतिविधि पुनः लयमा फर्किन थालेको हो ।

मनास्लु पदमार्गको प्रवेशस्थल जगतका होटेल व्यवसायी गणेश कार्कीका अनुसार पछिल्लो केही दिनयता दैनिक ९० जना भन्दा बढी पर्यटक यस क्षेत्रमा प्रवेश गर्न थालेका छन् । पर्यटकको आगमन बढेसँगै होटेल, रेस्टुरेन्ट तथा टी–सप व्यवसायीमा उत्साह थपिएको छ ।

“बूढीगण्डकी बाढीले बिगारेको बाटो मर्मत भएपछि अहिले पर्यटक आउन थालेका छन्,” होटेल व्यवसायी कार्कीले भन्नुभयो, “दिनमा ८० देखि ९० जनासम्म पर्यटक आउने गरेका छन् ।” मुख्य पर्यटकीय सिजन कात्तिक नै भएकाले पर्यटकको आगमन बढेको हो भने पर्यटकहरु मंसिर महिनासम्म पर्यटकहरु आइरहने उहाँले बताउनुभयो ।

सडक र पदमार्ग निर्माण गर्न स्थानीयबासी र चुमनुब्री गाउँपालिकाको सहयोगमा चुम उपत्यकाका पदमार्गसमेत सोमबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको जगतका अर्का होटेल व्यवसायी बलबहादुर गुरुङले जानकारी दिनुभयो ।

सर्दीभीरस्थित क्यान्टिनलिभर पुल बगाएपछि अवरुद्ध भएको बाटो चम्चेत, चुम्लिङ र लोक्पाका स्थानीयबासीले दिनरात खटिएर मर्मत गरेका हुन् ।

स्थानीयले मेहेनत गरेर बाटो तयार पारेका छन् । “अहिले धमाधम काठेपुल बनाउने काम भइरहेको छ,” चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, “सोमबारदेखि चुम उपत्यकाको बाटो पनि  खुलिसकेकाले स्थानीयबासी र पर्यटकको आवतजावत सहज भएको छ ।”

बाढीपछि गोरखा सडक योजना कार्यालय गोरखा, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका गाउँपालिका तथा स्थानीयको सहयोगमा बेनिघाट–आरुघाट–लार्के सडकखण्ड अन्र्तगत खोर्लावेशींदेखि तातोपानीको दोभानसम्म सडक सञ्चालनमा ल्याइएपछि पर्यटकलाई पदयात्राको लागि सहज भएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाका सूचना अधिकारी भुबन ओझाको भनाइ छ ।

सडक र पदमार्ग सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन निरन्तर रुपमा बढ्ने अपेक्षा गरिएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) गोरखाका प्रमुख अनिल प्रसाईँले बताउनुभयो ।

उहाँका अनुसार पर्यटकीय सिजनको समयमा बाढीले आवगमनमा प्रभावित हुँदा व्यवसायमा असर परेको थियो । अहिले सडक र पदमार्ग पुनः सञ्चालनमा आउन थालेपछि मनास्लु क्षेत्रका पर्यटन व्यवसायीले राहत महसुस गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ