alliance khabar

मंगलबार, कार्तिक १०, २०८३

काठमाडौँ, कात्तिक १० गते ।

ब्राजिलमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँले हार स्वीकार नगरी निर्वाचनको परिणाम रद्द गर्न माग गर्ने बताउनुभएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

लुलाको विजयले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अर्जेन्टिना, चिली, कोलम्बिया र पेरुलगायत देशमा देखिएको रूढिवादी राजनीतिक लहरलाई चुनौती दिएको छ । फ्लेभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुनुहुन्छ । जायर सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि विद्रोहको प्रयास गरेको आरोपमा २७ वर्षको जेल सजाय भोगिरहनुभएको छ ।

आइतबार मतदानको समय दुई घण्टा थप्ने सर्वोच्च अदालतको निर्णयले विवाद उत्पन्न गरेको थियो । नागरिकलाई मतदान गर्नबाट रोकिएको भन्दै बससेवा सञ्चालनमा अवरोध भएको लुलाको गुनासोपछि समय थपिएको थियो । भारी वर्षाका कारण केही क्षेत्रमा समय थप्न फ्लेभियोले पनि आग्रह गर्नुभएको थियो तर उहाँले अदालतको निर्णयलाई ‘अस्वीकार्य’ भन्दै निर्वाचन रद्द गर्न माग गर्ने बताउनुभयो । सन् १९८९ यता पहिलो चरणमा पराजित उम्मेदवारले दोस्रो चरणमा जित हासिल गर्न नसकेको इतिहास यस पटक लुलाले बदल्नुभएको छ । पहिलो चरणमा मतदान नगर्ने मतदाताको अनुपात २१ प्रतिशतबाट घटेर १९ प्रतिशतमा झरेको थियो । विजयपछि रियो दी जेनेरियो र साओ पाउलोमा समर्थकले आतसबाजी गर्दै उत्सव मनाए ।

सन् २००३ मा पहिलो पटक राष्ट्रपति बनेका लुला सन् २००६ मा पुनः निर्वाचित हुनुभएको थियो । भ्रष्टाचारसम्बन्धी मुद्दामा १८ महिनाभन्दा बढी जेल बसेपछि प्रक्रियागत आधारमा उहाँमाथि लागेको आरोप खारेज भएको थियो । उहाँ सन् २०२२ मा पुनः राष्ट्रपति बन्नुभएको थियो । तेस्रो कार्यकालमा मुद्रास्फीति र बेरोजगारी घट्नुका साथै लाखौँ मानिस भोकमरीबाट बाहिरिए पनि जीवनयापनको बढ्दो खर्च र अपराधले मतदातामा असन्तुष्टि कायम छ । नयाँ कार्यकालको अन्त्यमा ८५ वर्ष पुग्नुहुने लुलाले दक्षिणपन्थी प्रभाव रहेको संसद्सँग पनि काम गर्नुपर्ने छ ।

अमेरिकाको व्यापारिक र कूटनीतिक दबाबबिच लुलाले राष्ट्रिय सार्वभौमसत्तालाई चुनावी मुद्दा बनाउनुभएको थियो । उहाँले ब्राजिल कसैको आँगन बन्न स्वीकार नगर्ने बताउनुभयो । विजयपछि चिलीका राष्ट्रपति जोस एन्टोनियो कास्ट, इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले उहाँलाई बधाई दिनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ