alliance khabar

बुधबार, आश्विन २१, २०८३

ललितपुर, असोज २१  गते ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल विज्ञापन सङ्घ (आन) द्वारा आज ललितपुरमा आयोजित १३औँ रेड बुल कृति अवार्डको प्रतीक चिह्न (लोगो) सार्वजनिक समारोहमा मन्तव्य राख्नुहुँदै मन्त्री डा. तिमिल्सिनाले विज्ञापन बजारको विकासका लागि विज्ञापन क्षेत्रका समस्या, चुनौती र कमजोरीको निर्मम समिक्षा गरी समाधानका लागि ठोस पहल आवश्यक रहेको बताउनुभयो ।

“विज्ञापन केवल व्यवसायसँग मात्र नभई संस्कृति, देशको पहिचान, सञ्चारमाध्यम, लोकतन्त्र, सिर्जनशीलता र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्र हो । विज्ञापन उद्योगको विकासले समग्र अर्थतन्त्रसँगै लोकतान्त्रिक अभ्यास तथा सञ्चार क्षेत्रलाई समेत सकारात्मक योगदान पुर्‍याउन सक्छ”, उहाँले भन्नुभयो ।

विज्ञापन क्षेत्र अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्नुपर्नेमा जोड दिँदै मन्त्री डा. तिमिल्सिनाले त्यसका अवरोध र चलखेल पहिल्याएर आवश्यक हस्तक्षेपमार्फत समाधान खोज्नुपर्ने बताउनुभयो । विज्ञापन बोर्ड, विज्ञापन नीति तथा सरकारबाट आवश्यक सहजीकरणका विषयमा सरोकारवालाबिच खुला र आलोचनात्मक छलफल आवश्यक रहेको उहाँको भनाइ थियो ।

मन्त्री डा. तिमिल्सिनाले प्रविधिको विकाससँगै विज्ञापन बजारको स्वरूपसमेत तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै आगामी पाँचदेखि १० वर्षमा नेपालको विज्ञापन उद्योगले लिनुपर्ने दिशा र प्रविधिले पार्ने प्रभावबारे दीर्घकालीन नीति निर्माणमा विज्ञापन क्षेत्रका सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

“विज्ञापन क्षेत्रलाई कुनै व्यक्ति वा संस्थाको नियन्त्रणमा नभई आफ्नै क्षमतामा उभिन सक्ने र स्वचालित उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ, सरकारले विज्ञापन क्षेत्रको महत्त्व बुझेको छ, यसको विकासका लागि आवश्यक सहकार्य गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो ।

कृति अवार्डले विज्ञापन क्षेत्रका विभिन्न विधा र सिर्जनालाई समेट्दै नेपाली विज्ञापन बजारलाई पुनः ऊर्जाशील र जीवन्त बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री डा. तिमिल्सिनाले अवार्डमा व्यापक सहभागिता र नेपाली विज्ञापन क्षेत्रको क्षमता तथा उपस्थिति उजागर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले सङ्घले विज्ञापनलाई खर्चका रूपमा मात्र नभई ब्रान्ड, उपभोक्ता विश्वास र दीर्घकालीन बजार मूल्य निर्माण गर्ने रणनीतिक लगानीका रूपमा लिनुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले सरकारले निजी क्षेत्रलाई राजस्व सङ्कलनको क्षेत्रका रुपमा मात्रै नलिएर अर्थतन्त्रको साझेदारको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । सञ्चार उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व वरिष्ठ  उपाध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली विज्ञापन क्षेत्रमा सृजनात्मक कामको प्रशंसाका साथै नेपाली अर्थतन्त्रलाई विज्ञापन क्षेत्रबाट उर्वर बनाउने अभिप्रायका साथ विज्ञापन बजारको गुणात्मक विकासका लागि कृति अवार्ड स्थापना गरिएको जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ