alliance khabar

बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ, भदौ २५ गते ।

 रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ।

यातायात आवागमन सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको पुल जडानको काम केही बेरअघि सम्पन्न गरेको हो। सेनाको टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान कार्य पूरा गरेको जनाएको छ।

नयाँ पुल जडान भएसँगै आज (बिहीबार)देखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ। त्यसैगरी शुक्रबारदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याइने जनाइएको छ।

यसअघि भोटेकोशीमा आएको बाढीले देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगाएपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई आवतजावतमा सहजता हुने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ