alliance khabar

बिहिबार, भाद्र २५, २०८३

तानसेन, भदौ २५ गते ।

भोटेकोशी बाढीपछि बेपत्ता हुनुभएका तानसेन–३ का तिलक रानाको अन्तिम बिदाइ गरिएको छ। बेपत्ता भएको १४ दिन बितिसक्दा पनि उहाँको अवस्था पत्ता लाग्न नसकेपछि श्रीमती र छोराले कुशको शव बनाएर दाहसंस्कार गर्नुभएको हो।

रानाको शव वा सास भेट्टाउन नसकेपछि परिवारले दुई सातापछि स्याङ्जाको कालीगण्डकी नदी किनारमा अन्तिम संस्कार गरेको आफन्तले बताएका छन्। माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको मर्मतका लागि रसुवा जानुभएका राना बाढीपछि सम्पर्कविहीन हुनुभएको थियो।

उहाँको खोजीका लागि परिवारका सदस्य तथा आफन्त विभिन्न स्थानमा पुगे पनि अवस्था थाहा हुन नसकेपछि कुशको शव बनाएर अन्तिम बिदाइ गरिएको आफन्तले जनाएका छन्।

रानाको कुशको शवमा छोरा प्रतीकले दागबत्ती दिनुभएको थियो भने श्रीमती फूलमायाले अन्तिम बिदाइ गर्नुभएको थियो। उहाँको अन्तिम संस्कार स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–३, वइघा नजिकैको घाटमा गरिएको हो।विगत २२ वर्षदेखि स्याङ्जाको कालीगण्डकी जलविद्युत् आयोजना ‘ए’, बेल्टारीमा सहायक इन्जिनियरका रूपमा कार्यरत राना माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको इन्जिन मर्मतका लागि रसुवा जानुभएको थियो। उहाँ अनुभवी इन्जिनियरका रूपमा परिचित हुनुहुन्थ्यो।

गत भदौ १० गते आएको बाढीका कारण पाल्पाका ११ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये हालसम्म नौ जनाको अवस्था अज्ञात रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो।

उक्त घटनामा परी तानसेन–१० का प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको मृत्यु भएको थियो। उहाँको शव पहिचान भइसकेको छ। यस्तै, निस्दी–३, झिरुबासका बोमबहादुर सोमै सकुशल घर फर्किनुभएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ