रामेछापको मन्थली नगरपालिकाकाले एक बर्षमा उल्लेख्य प्रगति हासिल गरेको पाइएको छ । सार्वजनिक सवो प्रवाह र क्षमता बिकासतर्फ पनि सो नगरपालिकाले प्रगति हासिल गरेको तथ्यले देखाएको छ ।
नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा चालूतर्फ ६६ करोड, १८ लाख ७३ हजार ८ सय ८३ रुपैयाँ अर्थात ८४.१ प्रतिशत र प्रतिशत र पुँजीगततर्फ २६ करोड ६२ लाख ६३ हजार ७ सय १० रुपैयाँ अर्थात ७०.७६ प्रतिशत गरी जम्मा ९२ करोड ८१ लाख ३७ हजार ५ सय ९४ अर्थात ७९.७९ प्रतिशत खर्च गरेको छ ।
नगर प्रमुख लव श्रेष्ठका अनुसार गत आर्थिक बर्षमा आर्थिक बिकासतर्फ ७६.३९ प्रतिशत, सामाजिक बिकासतर्फ ८८.४७ प्रतिशत, पूर्वाधार बिकासतर्फ ६९.७६ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ५३.३३ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८३. ३४ प्रतिशत खर्च भएको छ ।
राजस्व संकलनतर्फ पनि नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ । यस आर्थिक बर्षमा कुल प्रक्षेपित आम्दानीको ९०.६६ प्रतिशत राजस्व संकलन गरेको छ । नगरपालिकाले सो आर्थिक बर्षमा ३ करोड ७३ लाख आम्दानी गर्ने लक्ष लिएकोमा ३ करोड ३८ लाख १५ हजार ६ सय ८० रुपैयाँ राजस्व संकलन गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
यसै अवधिमा नगर गौरवको आयोजनाको रुपमा आ.व. २०७६/७७ मा शुरु भएको ४ सय जना भन्दा बढी सहभागी अट्ने सभा भवन, स्वीमिङ्पुल प्रशासनिक तथा क्याफ्टेरिया भवनसहितको करिब १७ रोपनीमा फैलिएको तीनलाल पार्क संघीय सरकारको ६० प्रतिशत लागत साझेदारीमा सम्पन्न भइसकेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । सो पार्क सञ्चालनका लागि आवश्यक थप पुर्वाधार निर्माण तथा व्यवस्थापन गरी यथाशिघ्र सञ्चालनमा ल्याइने नगरपालिकाको भनाई छ ।
यस्तै सडक पूर्वाधार तर्फ सावाँडाँडा–पशुपति–सिक्राल–साउनेपानी सडक, देविटार–फुलासी (पोखरीडाँडा) सडक, भुत्याखोला–कठजोर सडक, ठूलीमदौ–अर्चले–डाँडागाउँ सडकहरुको चालु आवमा करिव ६ किमि कालोपत्रे सम्पन्न भएको छ । यस्तै वडा कार्यालय भवन निर्माण तर्फ वडा नं १ को तला थप वडा नं ३, ७, ११ र १३ को कार्यालय भवन निर्माणको कार्य २५ प्रतिशत प्रगति भएको छ ।
नगर प्रमुख श्रेष्ठका अनुसार आव २०७७/०७८ मा वडा नं ६ को नवुघाट लिफ्ट सिँचाई योजना सुरु भएको तीन आ.व. मा कूल ७५ लाखको लागतमा निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ भने मन्थली–चनखु–पोखरीडाँडा सडकको महादेवटार खोला तथा मन्थली–गेलु सडकको बफरखोलामा ह्यूमपाइप कल्भर्ट निर्माण गरी वर्षातको समयमा पनि सडक सुचारु हुने व्यवस्था मिलाइएको छ ।
यस्तै १४ वटै वडामा एक वडा एक प्रतिक्षालय निर्माण हुनुका साथै नगरको ३ स्थानमा हेलिप्याड निर्माण गरिएको छ । यस्तै नगरसभाले स्वीकृत गरेका ५६२ वटा साना/ठुला योजनाहरु मध्ये ५५८ वटा योजनाहरु उपभोक्ता समिति गठन गरी समयमै सम्झौता गरिएको र ती मध्ये ५४५ वटा योजनाको काम सम्पन्न भइ भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख श्रेष्ठका अनुसार कुल ५६२ योजनामध्ये ४ वटाको सम्झौता नै हुन सकेन भने ५ वटाको सम्झौता भइ काम हुन नसकेको अवस्था रहेको छ । जसमध्ये ८ वटा योजनाहरु क्रमागत रुपमा ठेक्कामा रहेका छन् ।
यसैगरी योजनाका कामको परीणाम गुणस्तर तथातथा दिगो र उपभोक्तामैत्री बनाउनका लागि नगरस्तरीय अनुगमन समितबाट २९ वटा योजनाको अनुगमन गरिएको र अन्य योजनाको वडास्तरीय अनुगमन समितिबाट अनुगमन गरी भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ । मन्थली नगरपालिकाले भूमिगत सिँचाई कार्यक्रम अन्तर्गत प्रदेश सरकार समेतको साझेदारीमा वडा नं १ र २ मा १३ वटा स्यालो ट्यूवेल सिँचाई सञ्चालनमा आएको पनि जनाएको छ ।
यस्तै नेपाल विद्युत प्रधिकरणको सहयोगमा मन्थली बजारमा स्मार्ट तथा हाइमास्ट सडक बत्ती व्यवस्थापन गरिएको छ भने थानापति महादेव मन्दिर पुरानागाँउमा अखण्ड ज्योति प्रज्वलनका लागि नियमित सहयोगि पुजारी राख्ने व्यवस्था मिलाइएको र मन्दिर परिसरमा स्नान घर सहितको शौचालय निर्माण र धार्मिक पर्यटन प्रवर्धनका लागि गुरुयोजना सहितको डिपिआर निर्माण गरिएको छ ।
यसैगरी उपप्रमुख इश्वरी बस्नेतको नेतृत्वमा रहेको न्यायिक समितिबाट ४२ वटा विवादका उजुरीमा २५ वटा फर्छौँट गरिएको छ । न्यायिक समितिलाइ प्रभावकारी बनाउदै पर्न आएका विवाद निरुपणका लागि यस वर्ष ४३ वटा बैठक बसी आवश्यक निर्णय गरिएको छ ।
यसैगरी १४ वटै वडामा मेलमिलाप केन्द्रहरु गठनरपुनर्गठन गरी २७ जना मेलमिलापकर्ताहरुका लागि ८ दिने आधारभुत तालिम र ३ पटक पुनर्ताजगि तालिम दिएर क्षमता विकास गर्नुका साथै सबै वडा कार्यालयमा मेलमिलापकर्ता कार्यकक्ष व्यवस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
(२०७९ साउनदेखि ०८० असार सम्मको प्रगति विवरण)
१.सार्वजनिक सेवा प्रवाह र क्षमता विकास तर्फ
१. चालु आ.व. २०७९/०८० मा चालुखर्च 66,18,73,883(८४.१%) र पुँजीगत 26,62,63,710(७०. ७६ %) गरी जम्मा 92,81,37,594 (७९.७९%) खर्च भएको छ।
२. चालु आ व २०७९/०८० मा क्षेत्रगत वित्तीय प्रगति निम्नुसार रहेको छ ।
• आर्थिक विकास तर्फ 4,59,42,999 (७६.३९%)
• सामाजिक विकास तर्फ 50,86,99,456(८८.४७%)
• पृर्वाधार विकास तर्फ २१,५७,३४,६७७ (६९.७६%)
• सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र तर्फ ४,३६,२३,४५३ (५३.३३%)
• कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ११,४१,३७,0६ (८३.३४%)
३. नगरपालिकाले आफ्ना अधिकार क्षेत्रभित्रका राजश्वकाशीर्षकहरुमा आन्तरिक आय संकलन रु ३,७३,00000 आम्दानी हुने अनुमानगरिएकोमा २०८० असार मसान्तसम्म 3,38,15,680 आम्दानी भएको छ। यो रकम कूल प्रक्षेपित आम्दानीको 90.66% प्रतिशत हो।
४. जनप्रतिनिधिको समेत क्षमता विकास गर्दै लैजानका लागि विकास र प्रशासनको क्षेत्रमा अनुभव प्राप्त स्रोत व्यक्ति मार्फत आवधिक योजना, ऐन, नियम निर्माण, क्षमता विकास योजना निर्माण लगायत विषयमा अन्तरक्रिया तथाअभिमुखीकरण कार्यक्रम आयोजना गरि सेवा प्रवाह र विकास आयोजना व्यवस्थापनका कामलाइ सरल र नागरीक मैत्री बनाउने व्यवस्था मिलाइएको छ ।
५. दुर सञ्चार प्राधिकरणको सहयोगमा अप्टिकल फाईबर १४ वडा कार्यालयहरु, २४ स्वास्थ्य संस्थाहरु र ६७ विद्यालयहरुमा विस्तार एवं जडान कार्य भइरहेको छ । यो कार्य आगामी असोज भित्र पूरा हुनेछ ।
६. नगरपालिकाले गर्ने भुक्तानीलाई विद्युतिय भुक्तानी प्रणालि- EFT बाट गरी नागरीकले सहज र सरल अनुभुति हुनेगरी बैंक खातामा भुक्तानी गरिएको छ।
७. वडा नं १ बाट प्रत्येक घरको घर नम्बर कायम गर्ने कार्यथालनी गरिएको र यो कार्य अन्तिम चरणमा पुगेको छ ।
८. नगरपालिकाको सेवा प्रवाहलाइ छिटो छरितो रुपमा सञ्चालन गर्न, स्वास्थ्य, कृषि, पशुसेवा लगायतका सेवा विस्तार र वालमैत्री नगर बनाउनका लागि वडामा रही चरणबद्द काम गर्न र केहि सशर्त कार्यक्रम सञ्चालन गर्नका लागि चालु आ.व.मा विभिन्न तहका जम्मा २६ जना कर्मचारी सेवा करार गरी कामकाजमा लगाइएको छ।
९. नगरपालिका अन्तरगत स्थानीय सेवा तर्फ कार्यरत कर्मचारीहरुको बृत्ति विकासका लागि योग्यता र अवधि पुग्ने वित्तिकै वागमति प्रदेश कानून वमोजिम तह बृद्दिको कार्य नियमित हुनेगरि व्यवस्था मिलाइएको छ।
२. शिक्षा, युवा तथा खेलकुद तर्फ
१. १२ वटा वडामा शैक्षिक सुधारका लागि सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न तथा थप १६ वटा विद्यालयमा सूचना प्राविधि (ICT) को व्यवस्था गरिएको छ। जसवाट गुणस्तरीय शिक्षामा टेवा पुगेको छ।
२. ५ दिने बाल मनोविज्ञानमा आधारित शैक्षिक सामाग्री निर्माण कार्यशाला सञ्चालन गरी ८० वटा वाल कक्षाहरुमा बालकेन्द्रित शिक्षणको प्रयोग गर्ने वातावरण निर्माण गरिएको छ ।साथै १४ वटै वडाबाट एक एक जना विद्यार्थीलाई कक्षा ११ र १२ मा निःशुल्क विज्ञान विषय अध्ययन गराउन मन्थली मा.वि. लाई छात्रवृत्ती अनुदान प्रदान गरिएको छ ।
३. २२ वटा माध्यामिक विद्यालयमा जुनियर रेडक्रस सर्कल र स्काउट ट्रुप एवं ५ वटा आधारभूत विद्यालयमा स्काउट ट्रुप स्थापना भई विद्यार्थीहरुमा सामाजिक सदभाव र सदाचारको भावना विकासमा सहयोग पुगेको छ ।
४. खेलकुदको माध्यमवाट युवाहरुको अन्तर्निहित प्रतिभा प्रष्फुटन गराउन नगर कप भलिवल प्रतियोगिता एवं क्लव स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ।
५. माध्यमिक तहका बालबालिकाको अन्तरनिहित क्षमता देखाउन राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, विज्ञान सामग्री प्रदर्शनी र हाजिरी जवाफ प्रतियोगिता २२ वटा विद्यालयहरुको सहभागितामा सञ्चालनगरिएकोछ।
६. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्विका लागि ३१ बुँदे साझा प्रतिवद्वता जारी शैक्षिक क्यालेण्डर निर्माण र कार्यान्वयन तथा रोष्टर विज्ञ (अङ्ग्रेजी, गणित र विज्ञान) को सहयोगमा माध्यामिक विद्यालयमा अनुगमन, कक्षा अवलोकन र पृष्ठपोषण प्रदान गरिएको छ ।
७. प्रधानाध्यापक व्यवस्थापन सम्वन्धी कार्यविधि २०७९ अनुसार सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ ।
३. स्वास्थ्य सेवा तर्फ
१. मन्थली अस्पतालमा थप सेवा विस्तार गरी दन्त सेवामा ९९४ जना, आखाँसेवामा १,४९० जना र फिजियोथेरापीमा ३,३८६ जनाले सेवा प्राप्त गरेका छन् ।
२. दीर्घरोगीहरुलाई (क्यान्सर, डाइलाइसिस गरी रहेका, मिर्गौला प्रत्यारोपण गरेका र मेरुदण्ड पक्षघात) साउन देखि मासिक रु ५०००/- का दरले ८१ जनालाई रकम उपलब्ध गराउदै आएको छ ।
३. वृहत पोषण प्याकेजको स्वास्थ्यकर्मी / महिला स्वास्थ्य स्वयंसेविकाहरु गरी २४९ जनालाई क्षमता अभिवृद्वि तालिम सञ्चालन गरिएको छ ।
४. मन्थली नगरपालिका, जर्मन नेपाल सहयोग संघ र विकासका लागि एकता लगायत विशेषज्ञ सहितको स्वास्थ्य शिविरवाट ४,२८७ जना लाभान्वित भएका छन् ।
५. मन्थली अस्पतालको लागि अल्ट्रासाउन्ड, ILR Refrigerator र ल्याव सामाग्री खरिद गरी स्वास्थ्य सेवालाई सुद्वढ गरिएको छ ।
६. २४ घण्टे प्रशुति केन्द्र मार्फत प्रशुति सेवा ३७२ जना र प्रशुति शल्यक्रिया २८जनाको भएको छ ।
७. दलित महिला, एकल महिला, ख वर्गको अपाङ्गता भएको व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र ६०-६९ वर्ष सम्मका दलित घरपरिवारलाई लक्षित गरी ५० प्रतिशत सुविधा दिएर ४५९ जनाको स्वास्थ्य वीमा भएको छ ।
८. छोरीको जन्मलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत ५८जना वालिकाहरु लाभान्वित भएकाछन्।
९. दीर्घ तथा कडा रोग भएका ८२ जनालाईविपन्न औषधि उपचारका लागि सिफारिस गरिएको छ।
१०. वहुक्षेत्रीय पोषण योजना कार्यान्वयन र पोषण मैत्री पालिका घोषणा गर्न वडास्तरदेखि पालिका स्तरसम्म पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन भएकोछ ।
४. सामाजिक समावेशीकरण तर्फ
१. सीप तथा व्यवसायिक कार्यक्रम अन्तर्गत वाख्रापालन, जुत्ता बनाउने, एक महिने उनीका कपडा बुनाई र कम्प्युटर तालिमवाट २४३जना जम्मा लाभान्वित भएका छन् ।
१ अल्पकालिन सेवा केन्द्र मन्थलीबाट हिंसामा परेका १७ जना महिलाहरुलाई सुरक्षा, बसोबास, उपचारगरेर संरक्षक व्यक्ति र संस्थामा बुझाइ सेवा प्रदान गरको छ ।
२ १४ वटै वडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरीएको, बालमैत्री स्थानीय शासन वडा समिति गठन भई बालमैत्री वडा तथा नगर घोषणाका लागि २०० वटा बाल समुह, १४ वटा वडा बाल संजाल र एउटा नगर बालसंजाल गठन भएको र प्रत्यकको कार्य जम्मेवारी समेत प्रदान गरि कामलाइ तिब्रता दिइएको छ ।
३ स्थानीय बालमैत्री शासन युक्त नगरपालिका घोषणा १२ औँ नगरसभाबाट ०८१ जेष्ठ मसान्तभित्र गरी सक्ने प्रतिवद्वता वमोजिम कार्यहरु भईरहेको छ।
४ बालबालिकाको सिर्जनशिलता प्रष्फुटर र विकासका लागि मन्थली कोपिला बाल साहित्यीक पत्रिका प्रकाशन गरिएको छ ।
५ उमेर समुह, बिद्यालय भर्ना भए नभएको, अपांगता, जाति, भाषा, स्वास्थ्य सेवाको पहूँचआदि सहितको ५१ वटा सुचकहरुको हालको अवस्थाको वारेमा विवरण अउने गरी बालवालिकाको बस्तुगत विवरण सर्भेक्षण गर्ने कार्य करीब सम्पन्न भएको छ।
५. सामाजिक सुरक्षा र पञ्जीकरण तर्फ
१ – १४ वटै वडाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मुल अभिलेखीकरण गरी आ व २०७९।०८० को चौथो त्रैमासिकमा वैकिङ्ग प्रणाली मार्फत ६०२९ जना लाभग्राहीहरुलाई रु ५,८५,0६,५३४ भत्ता उपलव्ध गराइएको छ । चालु आ.ब मा कुल रकम २२,७०,७२,७५७। सामाजिक सुरक्षा भत्ता बापत लाभग्राहीको खातामा निकासा गरिएको छ ।
२ – व्यक्तिगत घटना मध्ये जन्म र मृत्युका घटनालाई ३५ दिन भित्रै दर्ता गराउनका लागि प्रोत्साहन गर्न ४ वटा वडामा नयाँ वर्षको अवसरमा सप्ताहव्यापी छलफल र अभिमुखीकरण कार्यक्रमसञ्चालन गरिएको छ ।
६. पुर्वाधार विकास योजना तर्फ
२. नगर गौरवको आयोजनाको रुपमा आ. व. २०७६/७७ मा शुरु भएको ४०० जना भन्दा बढी सहभागी अट्नेसभा भवन, स्वीमिङ्पुल प्रशासनिक तथा क्याफ्टेरिया भवन सहितको करिब १७ रोपनिमा फैलिएको तीनलाल पार्क संघिय सरकारको ६० प्रतिशत लागत साझेदारीमा सम्पन्न भइसकेको छ । यस पार्क सञ्चालनका लागि आवश्यक थप पुर्वाधार निर्माण तथा व्यवस्थापन गरी यथाशिघ्र सञ्चालनमा ल्याइनेछ ।
३. सडक पूर्वाधार तर्फ सावाँडाँडा-पशुपति-सिक्राल-साउनेपानी सडक, देविटार-फुलासी (पोखरीडाँडा) सडक, भुत्याखोला-कठजोर सडक, ठूलीमदौ-अर्चले-डाँडागाउँ सडकहरुको चालु आ.व. मा करिव ६ कि.मि कालो पत्रे सम्पन्न भएको छ ।
४. वडा कार्यालय भवन निर्माण तर्फ वडा नं १ को तला थप वडा नं ३, ७, ११ र १३ को कार्यालय भवन निर्माणको कार्य २५ प्रतिशत प्रगति भएको छ ।
५. आ.व. २०७७/०७८ मा वडा नं ६ को नवुघाट लिफ्ट सिँचाई योजना सुरु भएको तीन आ.व. मा कूल ७५ लाख को लागतमा निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ ।
६. मन्थली-चनखु-पोखरीडाँडा सडकको महादेवटार खोला तथा मन्थली-गेलु सडकको बफरखोलामा ह्यूम पाइप कल्भर्ट निर्माण गरी वर्षातको समयमा पनि सडक सुचारु हुने व्यवस्था मिलाइएको छ
७. १४ वटै वडामा एक वडा एक प्रतिक्षालय निर्माण हुनुका साथै नगरको ३ स्थानमा हेलिप्याड निर्माण गरिएको छ ।
८. नगरसभाले स्वीकृत गरेका ५६२ वटा साना/ठुला योजनाहरु मध्ये ५५८ वटा योजनाहरु उपभोक्ता समिति गठन गरी समयमै सम्झौता गरिएको र ती मध्ये ५४५ वटा योजनाको काम सम्पन्न भइ भुक्तानी गरिएको छ । जम्मा ५६२ योजना मध्ये ४ वटाको सम्झौता नै हुन सकेन भने ५ वटाको सम्झौता भइ काम हुन नसकेको अवस्था रहेको छ । यि मध्ये ८ वटा योजनाहरु क्रमागत रुपमा ठेक्कामा रहेका छन् ।
९. योजनाका कामको परीणाम गुणस्तर तथातथा दिगो र उपभोक्तामैत्री बनाउनका लागि नगरस्तरीय अनुगमन समितबाट २९ वटा योजनाको अनुगमन गरीएको र अन्य योजनाको वडास्तरीय अनुगमन समितिबाट अनुगमन गरी भुक्तानी गरीएको छ ।
१०. भूमिगत सिँचाई कार्यक्रम अन्तर्गत प्रदेश सरकार समेतको साझेदारीमा वडा नं १ र २ मा १३ वटा स्यालो ट्यूवेल सिँचाई सञ्चालनमा आएको छ ।
११. नेपाल विद्युत प्रधिकरणको सहयोगमा मन्थली बजारमा स्मार्ट तथा हाइमास्ट सडक बत्ती व्यवस्थापन गरिएको छ ।
१२. थानापति महादेव मन्दिर पुरानागाँउमा अखण्ड ज्योति प्रज्वलनका लागि नियमित सहयोगि पुजारी राख्ने व्यवस्था मिलाइएको र मन्दिर परिसरमा स्नान घर सहितको शौचालय निर्माण र धार्मिक पर्यटन प्रवर्धनका लागि गुरुयोजना सहितको DPR निर्माण गरिएको छ ।
१३. छिमेकी पालिकाहरुसँगको समन्वय र सहकार्यमा धार्मिक पर्यटन प्रवर्धनका लागि ऐरम्वास मन्दिर, तिल्केस्थान गढी र त्रिवेणी धाममा साझेदारीका कार्यहरु गरिएको छ ।
७. प्रधान्मन्त्री रोजगार कार्यक्रम/रोजगार सेवा केन्द्र तर्फ
१.चालुआ.व २०७९/८० को लागि बेरोजगार व्यक्तिहरु मध्ये सूचिकरणका लागि समयसीमा भित्र आवेदन गर्ने १६४ महिला र ३११ पुरुष गरि जम्मा ४७५ जना सूचीकृत गरी इच्छुकहरुका लागि सम्बन्धित वडाभित्रका आयोजनामा रोजगारीका काममा संलग्न गरिएको छ ।साथै आ.व २०७९/८० को लागि बेरोजगार व्यक्तिहरु मध्ये समयमा फाराम भर्ने ५१७ जना पुरुष र ३७१ जना महिलागरी ८८८ जना सूचीकृत गरिएकोछ।
२. २०८० वैशाख १ गते बाट सुरु भएको वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृतिको कार्य नगरपालिकाबाट सुरु गरिएको छ ।
३. वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनःएकीकरण कार्यक्रम अन्तर्गत १७ जना युवाहरुलाइ ३० दिने प्लम्बिङ सम्बन्धी तालिम दिइ काम गर्न सक्ने गरी सीप सिकाइएको छ ।
४ नगरभित्रका ३७ जना महिला र ४५ जना पुरुष गरी ८२ कामदारहरुबाट ११ वटा आयोजना सम्पन्न गरिएको छ । ती कामदारले काम गरे बापत खातामा रु.३३,७८,३५८ रुपैंया रकम भुक्तानी गरिएको छ ।
८ विपद व्यवस्थापन तर्फ
१. नगर भित्र हुन सक्ने प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण साथै विपतमा प्रयोग हुने दमकल, एम्वुलेन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारु अवस्थामा राखी वर्षादले अवरुद्ध भएका सडकहरुलाई सिघ्र सञ्चालनमा ल्याइएको छ ।
२. नगरपालिका र टोल विकास संस्थाको सहकार्यमा वजार सरसफाईमा जोड दिईएको छ ।
३. यस वर्षको वर्षायाममाविभिन्न प्रकोपमा परेका ७३ जना नागरीकहरुलाई रु ५ हजार देखि २० हजार सम्म राहत उपलव्ध गराइएको छ ।
९ कृषि तर्फ
१. हालसम्म कुल खेती गरिएको जमिनको २१.६५ प्रतिशत अर्थात् १३३४९ रोपनीमा सिँचाइ सुविधा पुगेको छ।
२. नगरपालिकाको वडा नं ४ मा अमिलोजात फलफूल बाली, वडा नं ५ मा मसलाबाली, र वडा नं. १मा तरकारी बाली पकेट कार्यक्रम सञ्चालन भई जम्मा ८५ घरधुरी लाभान्वित भएका छन् । चालु आ.व.मा करिव २१२.५ रोपनीमा अमिलो जात फलफुलको क्षेत्र विस्तर भएको छ ।
३. रामेछाप बहु प्राविधिक शिक्षालयमाकृषि संकायडिप्लोमा तहमा अध्ययनरत नगरभित्रका १२ जना (पशु विज्ञान-८, बाली विज्ञान-४) प्रशिक्षार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराईएको छ ।
४. अमिलोजात फलफूलबालीमा लाग्ने फल कुहाउने औंसा कीरा नियन्त्रणका लागि नगरपालिकाको वडा नं ४, १३ र १४ मा नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सम्वन्धित किसानको लागत साझेदारीमा ३०४ लिटर विषादी कृषकहरुलाई वितरण गरिएको छ ।
५. नगरका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५१३० किलो मकै र ५६८४किलो धानबालीको उन्नेत बीउ वितरण गरिएको छ।
६. नगरस्तरीय कृषि तथा पशुपंक्षी प्रोफाईल तयार गर्ने प्रयोजनका लागि कृषि तथा पशु सेवा केन्द्रमा कार्यरत प्राविधिक कर्मचारीहरुलाई परिचालन गरी नगरका कूल ७५१२ कृषक घरधुरीको तथ्याङ्क संकलन कार्य सम्पन्नप भई प्रारम्भिक प्रतिवेदन प्राप्तग भएको छ।
७. चालु आ.व.को यस अवधिसम्म नगरपालिकालाई प्राप्त भएको ५९०० वोरा युरिया र ९०० वोरा डिएपी मल ११ वटा विक्रेता मार्फत कृषकहरुलावई वितरण गरिएको छ ।
८. कृषि यान्त्रीकरणतर्फ ३५ वटा समुह/फर्म/सहाकारीलाई विभिन्न प्रकृति ( मिनिटिलर, कम्वाईन मिल, स्प्रेयर, हिलेचक्का आदि) का ६० थान सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।
९. भूगोल, हावापानी, माटो आदिको आधारमा नगरपालिकाको कृषि र पशुपालन विकासका लागि सम्भाब्यता अध्ययन गरिएकोछ ।
१०. नगरपालिका र गैरसरकारी संस्थाको साझेदारीमा कृषि र पशुविकासका कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपाल परियोजनासँग सम्झौता गरिएको छ ।
११. चालु आ.व. मा कृषक समूह २० वटा नयाँ दर्ता र ४८ वटा नवीकरण भएका छन् भने हाल सम्म दर्ता भएका कृषक समुहको संख्या १६४ रहेको छ ।
१२. चालु आ.व. बाट फलफूल तथा तरकारी मूल्य-शृङ्खदला विकास आयोजना (VCDP) फेज आउट भएको छ भने कृषि र पशुपन्छी क्षेत्रमा काम गर्ने गरी ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) लागू भएको छ ।
१३. बालीका रोग कीरा नियन्त्रण तथा व्यवस्थापनको लागि ११ प्रकृतिका विषादी वडा कार्यालयहरु मार्फत वितरण कार्य गरिएको छ।
१४. किसानहरुलाई कृषिसम्वन्धी प्राविधिक सेवा प्रदान गर्न कृषिसेवा केन्द्रमा आधारभूत प्रकृतिका औजार उपकरणहरु उपलब्ध गराईएको छ ।
१५. यस नगरपालिकाका चालु आ.व. मा स्वीकृत भएका कार्यक्रमहरु मध्ये विजवृद्धि प्रवर्द्धन कार्यक्रम, वडागत उत्पादन पकेट ११ वटा वडामा र संघीय सशर्ततर्फ दलहन वाली प्रवर्द्धन कार्यक्रम कार्यान्वयन हुन सकेनन् ।
१०.पशु सेवा तर्फ
१. डिस्पेन्सरी कक्ष सञ्चालन तथा पशु सेवा केन्द्रहरुका लागि मेशिनरी औजार उपकरण सहितआवश्यक उपकरण र औषधि व्यवस्थापन गरिएको छ ।
२. पशुहरुमा देखा परेको लम्पी महामारी नियन्त्रणका लागि ९७४ घरधुरीका ३३ सय गाँई भैसीहरुमा खोप लगाइएको र ७१५ घरधुरी कृषकको १५८१पशुहरुमा थप उपचार सेवा प्रदान गरी नियन्त्रणको प्रयास गरिएको छ ।
३. दुध उत्पादनलाई प्रोत्साहन गर्न दुग्ध डेरी उघोगहरुमा दुध विक्री गर्ने ९४५ जना कृषकहरु लाई प्रति लिटर २।- रुपैयाका दरले १२,४१,0७५ लिटर दुधको २६,२६,१५१ रुपैयाँ अनुदान वितरण गरिएको छ ।
४. भैसीमा सुत्केरी स्याहार प्रोत्साहन भत्ता अनुदान असोज मसान्त सम्म सुत्केरी भएका १६२ जना कृषकका १७० वटा भैसीहरु लाई प्रति भैसी २५00 का दरले कुल जम्मा ४,२५000 रकम अनुदान वितरण गरिएको छ ।
५. जोनोटिक रोग (रेविज रोग) तथा परजिवी नियन्त्रण सम्वन्धी शिविर मार्फत१३ वटा वडामा सञ्चालन गरी१0२६घर धुरीको ३०,0९५ पशुपन्छीहरुमा परजिवीरोग नियन्त्रणमा सघाउ पुगेको छ ।
६. कृत्रिम गर्भाधान सेवा १९६३ वटा गाई/भैसीमा,४१,८४८वटा मेडिकल उपचार सेवा,१0६५वटा कुकुर-विरालोमा खोप सेवा: (रेबिज खोप सेवा), १९१९ घरधुरीका २१५00 वटा भेडा बाख्राहरुमा पि.पि.आर.खोप सेवा प्रवाह गरिएको छ ।
७. कृषकको कुखुरापालन कार्यलाई थप सेवा दिनका लागि१५९ घरधुरीमा ९००० कुखुरालाइ रानिखेत खोप र २०८ घरधुरी कृषकहरुका २१०० डोज स्वाइन फिवर खोप प्रदान गरिएको छ ।
८. ५० प्रतिशत साझेदारीमा १९ प्रकृतिका विभिन्न कार्यक्रम सम्पन्न हुनेगरी कृषकको खातामा जम्मा ४२,५१,0३७ रुपैंया अनुदान वितरण गरिएको छ .
९. लघु उद्यम विकास तर्फ
१०. वडा नं ३, १२ र १४ मा उद्यमशिलता विकासमा ७७ जना र पशुपालन सम्बन्धि तालिममा ९२ जना लाभान्वित भएका छन्। लाभान्वितहरु मिलेर ८ वटा लघु उधमी समूह गठन भएका छन्।
११. बाँसको हस्तकला तालिम ८ जनालाई, हाते होजियारी २७ जनालाई, चिया प्रशोधन तालिम १५ जनालाइ, तरकारी तथा फलफुल उत्पादनतथा व्यवस्थापन तालिम ४१ जनालाई, बाटेको धुप बनाउने तालिम २८ जनालाई, मौरीपालन तालिम २५ जनालाइ र व्युटिपार्लर सीपमुलक तालिम २ जनालाइ दिएर लघु उद्यमीको रुपमा आउन चाहने जम्मा १३८ जनालाइ सीपमुलक तालिम दिइएको ५ ।
१२. वडा नं २, ४, ५ र ९ का ४५ जना पुराना लघुउद्यमीहरुलाई प्लाष्टिक टनेल, पानी ट्याङ्की लगायतका सामग्री र १५ जना उद्यमी लाभान्वीत हुने गरी ३ सेट प्रविधि समुहमा रहने गरी हस्तान्तरण गरिएको छ ।
११. सुरक्षित आप्रवासन कार्यक्रम तर्फ
१. बैदेशिक रोजगारीमा गएका परिवारका ८०जनालाई ३ वटा समूह मार्फत २१ हप्ते बित्तीय साक्षरता कक्षा सञ्चालनगरिएकोछ । यसबाट उनीहरुकोपरिवारमा प्राप्त हुने बिप्रेषणलाई आयमूलक क्रियाकलापमा लगाउन आवश्यक क्षमता बिकासगरिएकोछ साथै कक्षाका सहभागीहरुलाई कृषि समूहका रुपमा दर्ता गरि समूह कोष स्थापनाका लागि नगरपालिकाबाट नगद अनुदान सहयोग गरिएको छ ।
२. मनोसामाजिक समस्या भएका २५ जनालाईनियमित मनोसामाजिक परामर्श सेवा दिईएको छ ।यसबाट यस्ता समस्याका कारण समुदायमाघट्ने बिभिन्न घटनाहरु न्यूनीकरणमा सहयोग पुगेको छ ।
३. बैदेशिक रोजगारीलाई सुरक्षित,ब्यवस्थित र मर्यादित बनाउन आप्रवासी स्रोत केन्द्र मार्फत ९,३९६ जनालाई सूचना तथा परामर्श सेवा,३२जना पिडितहरुलाईन्यायका लागि सहजिकरण गर्दै १६ वटा मुद्वाको समाधान,२३ जनालाई निशुल्क सीप तालिम प्रदान,१६ वटा समुदायमा ४५९ जनालाई समुदाय अभिमुखीकरण/तालिम गरिएकोछ ।साथै वडामा कार्यरत रिर्टनी स्वयमसेवकमार्फत २,३२४ जनालाई सूचना तथापरामर्श प्रदानगरिएकोछ ।
१२. सहकारीक्षेत्रतर्फ
१. यस नगरपालका भित्र १०९ वटा सहकारी संस्था मध्ये यस चालु आ.वमा ४९ वटा मात्र सूचीकृत भएका छन् ।
२. सहकारी संस्थाहरुको वित्तीय विवरणलाई व्यवस्थित गर्न संचालित COPOMIS को तालिममा ८६ वटा सहभागी भएका थिए । जसमा १५ वटा सरकारी संस्थाहरुले COPOMIS मा आफ्नो विवरणहरु अध्यावधिक गरिसकेका छन् ।
१३.न्यायिक क्षेत्र तर्फ
१. ऐन ४ वटा, कार्यविधि १० वटा, निर्देशिका १ र नीति १ गरी १६ वटा ऐन कानूनहरु निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।
२. न्यायिक समितिबाट ४२ वटा विवादका उजुरीमा २५ वटा फर्छौँट गरिएको छ । न्यायिक समितिलाइ प्रभावकारी बनाउदै पर्न आएका विवाद निरुपणका लागि यस वर्ष ४३ वटा बैठक बसी आवश्यक निर्णय गरिएको छ ।
३. १४ वटै वडामा मेलमिलाप केन्द्रहरु गठन/पुनर्गठन गरी २७ जना मेलमिलापकर्ताहरुका लागि ८ दिने आधारभुत तालिम र ३ पटक पुनर्ताजगि तालिम दिएर क्षमता विकास गर्नुका साथै सबै वडा कार्यालयमा मेलमिलापकर्ता कार्यकक्ष व्यवस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।