alliance khabar

मंगलबार, माघ २७, २०८२

काठमाडौँ,  माघ २७ गते ।

   १७औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन भएको छ । शैली थिएटर रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सवको आज समुद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कवि, नाटककार साहित्यकार एलबि क्षेत्रीले, ” नाटक विधालाई महत्त्वपूर्ण रूपमा लिनु आवश्यक रहेको बताए ।” उनले,”नाटकको इतिहास ऐतिहासिक रहेको र यसलाई यथार्थता परक बनाउन सधैं सबै पक्ष समेटसनुपर्ने बताए ।

उनले, “नाटकको विधा नै यस्तो हो जस्ले सधैं जीवन्तता प्रदान गर्ने बताउदैँ सशक्त र अनुकरणीय भुमिका निर्वाह गरिरहेको बताए ।” उनले, नाटकका पात्रहरू सधैं जिवित रहने भएकाले बाल नाटकलाई  शिक्षाको स-शक्त माध्यमका रूपमा प्रस्तुत गर्नुपर्ने बताउँदै बालबालिकाले मञ्चलाई आफ्नो सपना प्रस्तुत गर्ने लक्ष्य राख्नु आवश्यक रहेको बताए ।

बाल नाटक महोत्सवका संयोजक महेश पौडेलले, सरकारी निकायले नाटक विधालाई महत्त्वपूर्ण रूपमा नहेरे सम्म यस्को विकास नहुने बताए । उनले, जीवन्त विषयवस्तुलाई वस्तुनिष्ठताका आधारमा जबसम्म नियालिदैन तबसम्म यस्को वृद्धि विकास हुनेमा शंका रहेको बताए ।

त्यस्तै, रूसी सदन काठमाडौँका डिरेक्टर अनास्थासिया खोकोलोभाले, यो वर्षका लागि नाटक महोत्सव निकै अर्थपूर्ण रहेको बताउँदै, नेपाल र रसियाको कुटनैतिक सम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको सन्दर्भले झनै महत्त्वपूर्ण बनाएको बताइन् ।

उनले, अब आउने वर्षहरूमा पनि यस्तै कार्यक्रम निरन्तर हुने बताउदैँ उनले । नाटक महोत्सवले निकै वर्षदेखि यो परियोजनालाई जिवन्तता दिने बताइन् ।

त्यस्तै उद्घाटन सत्रमा दुईवटा नाटकहरू हामी एउटै हौँ र पार्वती प्रस्तुत गरिएको थियो । जसमा ‘हामी एउटै हौँ’ प्रतियोगि नाटक हो भने, “पार्वती” अप्रतियोगी नाटक हो ।

त्यस्तै, कार्यक्रममा शान्तदास मानन्धर पुरस्कार राम बाबु सुवेदीलाई प्रदान गरिएको थियो भने । १८ वटा नाटकहरू प्रस्तुत हुनेछन् । नगद सहित ट्रफी र पुरस्कारहरू प्राप्त गर्नेछन्  । महोत्सव आगामी फागुन २ गतेसम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल