चितवक, माघ २७ गते ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदिमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको भरतपुर महानगरपालिका–२० बस्ने २० वर्षीया सविना परियार नारायणी पुलबाट सो नदिनमा हाम फाल्नुभएको थियो ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमाण्डमा खटिएको सुरक्षा फौजले परियारलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उद्धार पश्चात उहाँलाई उपचारका लागि भरतपुर अस्पतालतर्फ पठाइएको छ ।