alliance khabar

मंगलबार, माघ २७, २०८२

ढल्केबर, माघ २७ गते ।

 धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्क घातका कारण उहाँको निधन भएको बताइएको छ ।

गत बिहीबार राति उहाँलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि यादवलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा सोमबार राति उहाँको निधन भएको हो । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारका अनुसार उच्च रक्तचापका कारण नगर प्रमुख यादवलाई मस्तिष्कघात भएको थियो । करिब ५५ वर्षका यादव नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल