alliance khabar

बिहिबार, माघ ०८, २०८२

हेटौँडा, माघ ८ गते ।

 हेटौँडा काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

बिहीबार बिहान १ बजेको समयमा गाडी दुर्घटना हुँदा सहचालक सर्लाही वरथवा नगरपालिका–१ बस्ने १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते हुनुभएका मण्डलको उपचारको क्रमममा काठमाडौँ मेडिकल कलेजमा बिहान ४ः४५ मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनामा बोलेरो चालक सोही ठाउँका २५ वर्षीय रामवली साह र अर्को सहचालक सोही ठाउँका १६ वर्षीय  छोटे पासवान घाइते हुनुभएको छ । साहको शरिरमा चोट र पासवानको कम्मरमा चोट लागेको छ । दुबै जनाको काठमाडौँमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

सर्लाहीबाट काठमाडौँ तर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो गाडी ब्रेक फेल हुँदा अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो । प्रहरी चौकी खानिखेत, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक मनोज चौधरीको नेतृत्वमा ट्राफिकसहितको तीन जनाको प्रहरी टोलीले घाइते तिनै जनालाई उद्वार गरी उपचारका लागि एम्बुलेन्समा राखेर काठमाडौँ पठाएको थियो । बोलेरो गाडीमा रहेको ५०० कुखुरामध्ये ३०० कुखुरा मरेको छ भने गाडीमा पनि क्षति भएको छ । दुर्घटनामा परेको गाडी घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल