alliance khabar

मंगलबार, पुष २२, २०८२

गुल्मी, पुस २२ गते ।

 पश्चिम गुल्मीको ग्रामीण भेगमा पर्ने प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदीमा पक्की पुल निर्माण भएपछि स्थानीय खुसी देखिएका छन् । मदाने गाउँपालिका–१ अग्लुङ्गमा पर्ने अग्लुङ्गफेदी खोलामा मोटरेबल पक्की पुल निर्माण हुँदा यहाँका स्थानीयसँगै छिमेकी जिल्लावासी समेत खुसी देखिएका हुन् । पुल निर्माण नहुँदा निकै दुःख पाएका यहाँका नागरिकहरु पुल निर्माणपछि निकै खुसी छन् ।

वर्षाको समयमा खोला तर्नका लागि निकै सास्ती खेप्नु पर्ने स्थानीय गोरबहादुर विश्वकर्माले बताउनुभयो । वर्षामा खोला तर्न सक्ने अवस्था नहुँदा मान्छेसँगै सवारीसाधनहरु अलपत्र जस्तै बन्ने गरेको भन्दै उहाँले अब पुल निर्माणले नागरिकको समस्या समाधान भएको बताउनुभयो । पक्की पुलबाट खोला तर्ने यहाँका नागरिकहरुको इच्छा पूरा भएको छ । यहाँ पुल नहुँदा अग्लुङ्गका स्थानीय नागरिकले मात्रै नभएर छिमेकी जिल्ला प्युठान, बाग्लुङ्गसम्मका नागरिकहरुले वर्षायाममा निकै समस्या भोग्नुपरेको यस वडाका वडाध्यक्ष सुशील चन्दले बताउनुभयो । नागरिकले वर्षौँदेखि वारपार गर्न निकै सास्ती खेप्दै आएको बताउनुभयो ।

पुल निर्माणले अग्लुङ्गसँगै छिमेकी जिल्ला प्युठानको गौमुखी गाउँपालिकाको अर्खा, रजबारालगायतका विभिन्न स्थानमा १२ महिना सहज रूपमा सवारीसाधन सञ्चालन हुने स्थानीयहरुले बताएका छन् । सडक पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत पुल निर्माणको जिम्मा एम/एस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीले पाएको थियो ।

चार महिनामा नै पुल निर्माणको काम सकिएको थियो। भ्याटसहित चार करोड १४ लाख २९ हजार ९७९ रुपियाँको लागतमा २५ मिटर लम्बाइको पक्की पुल निर्माण गरिएको हो । पुल सञ्चालनमा आएको छ । तर औपचारिक कार्यक्रम गरी पुलको उद्घाटन गरिएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल