alliance khabar

मंगलबार, पुष २२, २०८२

कञ्चनपुर, पुस २२ गते ।

 आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरले तीन वटै निर्वाचन क्षेत्रबाट सात जना उम्मेद्वारको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले तीन वटै निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकबाट सिफारिस भई आएका नामहरूमा रायसहित सात जनाको नाम प्रदेश कमिटीलाई पठाउने निर्णय गरेको हो ।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जनकराज अवस्थीले तीन वटै क्षेत्रीय कमिटीले पठाएका नामहरूलाई आवश्यक सुझावसहित प्रदेश कमिटीमा सिफारिस गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार,  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस सूचीमा विघटित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, केन्द्रीय कमिटी सदस्य कमला बोहरा तथा निवर्तमान केन्द्रीय सदस्य इन्दु कडरियाको नाम सिफारिस गरिएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर–२ मा भने प्रतिनिधि सभा सदस्यको उम्मेद्वार छनोटका लागि आइतबार मतदान प्रक्रिया सम्पन्न भएको थियो । मतदानबाट निर्वाचित हुनुभएका पूर्व केन्द्रीय सदस्य नरबहादुर धामी, प्रदेश कमिटी सदस्य पार्वती जोशी र जिल्ला पार्टी उप–सचिव अशोककुमार चन्द सिफारिस हुनुभएको हो ।

यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ मा भने सर्वसम्मत रूपमा जिल्ला कमिटीले पूर्व सांसद डा. दीपकप्रकाश भट्टको नाम सिफारिस गरिएको जनाएको छ । सेना, सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञसमेत रहनुभएका नेता भट्ट विसं. २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विशेष गरी राष्ट्रका लागि केही गर्न सक्ने सम्भावना बोकेका, जेनजीको माग अनुरूप भ्रष्टाचार निर्मुल गर्न सक्ने तथा विकास, सुशासन, जनताका जनजीविकाका सवालहरूलाई सदनमा बुलन्द गर्न सक्ने अनुभवी र साङ्गठनिक योग्यता पुगेका सक्षम नेताहरूलाई जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेर पठाएको जिल्ला उपाध्यक्ष अवस्थीले बताउनुभयो । प्रदेश कमिटीले पुस २४ गते सम्म राय  सहित केन्द्रमा नाम सिफारिस गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल