alliance khabar

सोमबार, पुष २१, २०८२

रौतहट, पुस २१ गते ।

रौतहटको इशनाथ नगरपालिका–४ रामनगर चमटोलमा रहेका विपन्न घरपरिवारलाई आइतबार कम्बल वितरण गरिएको छ ।

२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा जिल्ला प्रशासन कार्यालय रौतहटको सहयोग र सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हेडक्वाटर रौतहटको समन्वयमा ७० घरपरिवारलाइ कम्बल वितरण गरिएको बिओपि रामपुरखाप, रौतहटका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालले जानकारी दिनुभयो ।

विपन्न तथा शारीरिक रुपले अशक्त व्यक्तिलाई घरमै पुगेर कम्बल वितरण गरेको उहाँले बताउनुभयो । चिसो बढ्दै गएसँगै  विपन्न समुदायहरू प्रत्यक्ष रूपमा प्रभावित हुन थालेकाले राहत स्वरुप न्यानो कम्बल वितरण गरिएको उहाँले बताउनुभयो ।

नागरिक र सुरक्षाकर्मीबिचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले यस्ता मानवीय कार्यहरु सशस्त्र प्रहरीले निरन्तर रुपमा सञ्चालन गर्दै आएको उहाँको भनाइ रहेको छ । गरिब, दलित, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरू चिसोका कारण स्वास्थ्य जोखिममा परिरहेका बेला सशस्त्र प्रहरी बल नेपालले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको ईशनाथ नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल रामले बताउनुभयो ।

चिसो मौसम साथै शितलहरको समयमा नागरिक प्रति उतरदायी भूमिका निर्वाह गरेर सशस्त्र प्रहरी सधैँ जनताको साथमा रहेको अनुभूति दिलाएको ईशनाथ नगरपालिका –४ का वडासदस्य गगनदेव रामले बताउनुभयो ।

अत्यधिक चिसो र शीतलहरका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा यो कार्यक्रम प्रभावकारी र समयसापेक्ष रहेको इशनाथ –४ का लक्ष्मीनारायण रामले प्रतिक्रिया दिनुभयो  ।

बिओपि रामपुरखापमा सशस्त्र प्रहरी निरीक्षक सुवाल आएदेखि सिमा सुरक्षामा सक्रियता बढाएदेखि जनतालाई विपदको समयमा हर सम्भव सहयोग गर्ने गरेको इशनाथ –४ का शोभा देवीले भन्नुभयो ।

त्यस्तै, आइतबार नै बौधिमाई नगरपालिका वडा नं. ७ राम बस्तीका ७० घर परिवार र राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मिपुर बस्तीका ६० घर परिवारलाई राहत स्वरुप कम्बल वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हेडक्वाटर रौतहटका सशश्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल