alliance khabar

बुधबार, पुष १६, २०८२

पश्चिम नवलपरासी, पुस १६ गते ।

नारायणघाट–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन निकै कष्टकर बनेको छ । निर्माणाधीन सडकमा पछिल्लो केही दिनदेखि शीतलहरका कारण सडक सतह अत्यन्तै चिप्लो भएपछि यात्रा जोखिमपूर्ण बनेको हो ।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (पश्चिम खण्ड) का अनुसार, हाल उक्त क्षेत्रमा पक्की ढलान र कल्भर्ट निर्माणको काम भइरहेको छ । निर्माण कार्य जारी रहेकै अवस्थामा मौसम प्रतिकूल बन्दा सडकमा हिलो र चिप्लो बढेको हो ।

सडक चिप्लो भएका कारण विशेष गरी मालवाहक ट्रक, बस र साना निजी सवारी साधनहरू उकालोमा चिप्लिने, हिलोमा अड्किने र बिग्रिने क्रम बढेको छ । यसले गर्दा दाउन्ने पहाडमा लामो समयसम्म सवारी जाम हुने र यात्रुहरूले सास्ती व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बढ्दो जोखिमलाई मध्यनजर गर्दै आयोजना कार्यालयले सूचना जारी गरी अत्यावश्यक बाहेकका सवारी साधनहरूलाई सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न, सडक प्रयोग गर्नै परेमा अत्यन्तै सावधानी अपनाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न, आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल