alliance khabar

सोमबार, पुष १४, २०८२

फुङलिङ, पुस १४ गते ।

 ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । वडा कार्यालयले बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रुपमा झोला वितरण गरेको हो ।

वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार वडामा रहेका आठ वटा सामुदायिक विद्यालयका २४० जना विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला प्रदान गरिएको छ । वडाका उद्यमीहरूले स्थानीय स्तरमा पाइने कच्चा पदार्थको उपयोग गरी उत्पादन गरेको झोला खरिद गरेर विद्यार्थीलाई प्रदान गरिएको वडाध्यक्ष लिम्बूको भनाइ छ ।

उहाँका अनुसार वडाको चालु आर्थिक वर्ष २०८२÷०८३ को करिब पाँच लाख रुपियाँको बजेटमार्फत विद्यार्थीलाई झोला वितरण गरिएको हो । फुरुम्बु अल्लो प्रशोधन तथा कपडा उद्योगमा आबद्ध १६ जना महिलाहरूले उत्पादन गरेको झोला विद्यार्थीलाई प्रदान गरिएको छ ।

वडा कार्यालयको समन्वयमा रेड पाण्डा नेटवर्क, घरेलु तथा साना उद्योग कार्यालय, हिमाली संरक्षण मञ्च, जिल्ला वन कार्यालय ताप्लेजुङ र फुङलिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा महिलाहरूलाई ६० दिने सिलाइबुनाइ तालिम दिइएको थियो । सोही तालिम पश्चात महिलाहरूले अल्लोबाट धमाधम झोला बनाई बिक्री बितरण गर्न थालेका छन् ।

स्थानीय स्तरमा पाइने कच्चा पदार्थबाट गाउँघरकै उद्यमी महिलाहरूले उत्पादन गरेको झोलाको बजारीकरणका लागि पहिलो चरणमा विद्यार्थीहरूलाई झोला वितरण गरिएको वडाध्यक्ष लिम्बुले बताउनुभयो । गाउँघरमै महिलाहरूलाई उद्यमी बनाई रोजगार प्रदान गर्ने उद्देश्यका साथ बजारीकरण गर्ने मात्र नभई विद्यार्थीहरूलाई समेत टेवा पुग्ने गरी झोला वितरणको कार्य राखिएका वडा कार्यालयले जनाएको छ । थप बजारीकरणका लागि समेत आवश्यक पहलमा वडा कार्यालय जुट्ने अध्यक्ष लिम्बूको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल